सात बर्षे प्रावधानमा अडान लिन सचिवालयबाट निर्देशन दिएका थिए ओलीले
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १४:३५:१
![](https://nepalbahas.prixacdn.net/media/albums/nagarikata_3cpri43Muf.jpg)
१० जेठ, काठमाडौं। संसदको राज्य ब्यवस्था समितिमा नागरिकता सम्वन्धि विधेयक लामो समयसम्म विचाराधिन रह्यो । त्यसको एउटै कारण थियो, नकेपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता विधेयकमा लिएको कठोर अडान ।
नयाँ संविधान अनुकुल र समय सापेक्ष बनाउन यसअघिका सरकारले ल्याएको विधेयक ओलीकै आडनका कारण समितिमा लामो समय रोकियो । उनकै निर्देशनमा दर्जनौ संशोधनहरु राखियो । समितिमा अडकिएको विधेयकमा ६९ सांसदले एक सय दुई संशोधन प्रस्ताव दर्ता गरेका थिए ।
विवाहित अंगीकृत नागरिकताको विषयमा सहमति जुटाउन समितिलाई निकै सकस परेको थियो । कांग्रेस र जनता समाजवादी दल भने नेपाल नागरिकता ऐन, २०६३ कै प्रावधानका पक्षमा उभिदैं वैवाहिक अंगीकृत नागरिकता लिन कुनै समयावधि तोक्न नहुने अडान लिए । तर सत्ता पक्षले भने त्यसलाई स्वीकार गरेन । ७ बर्षे प्रवधानसहित विधेयक नेकपा सांसदको बहुमतबाट जबरजस्ता समितिबाट परित गरिएको थियो ।
विधेयक समितिबाट पारित भएपछि त्यसलाई स्वीकार गर्न नसक्ने भन्दै मधेवादी दलहरुले विरोध जनाएका थिए । तर यतिबेला प्रधामन्त्री केपी शर्मा ओलीले आज आफैले राखेको अंगीकृत नागरिकताका लागि ७ बर्षे प्रावधानको ब्यवस्था हटाएर नागरिकता सम्वन्धि अध्यादेश जारी गरेका छन् ।
यसले उनको त्यो अडान के का लागि थियो भन्ने प्रश्च मात्र खडा गरेको छैन । सत्ताका लागि समझौता गरेको र उनको नंकली राष्ट्रवाद उदाङ्गो भएको छ । नेकपा सचिवालयबाट ओलीले निर्णय गराएर सात बर्षे प्रवाधानसहित विधेयक पारित गर्न समितिका सांसदहरुलाई निर्देशन दिएका थिए ।
हिजो जारी गरेको नागरिकता अध्यादेशमा समितिबाट बहुमतले पारित भएको विधेयकमा भन्दा फरक छ । त्यसमा विभिन्न संशोधन भएका छन्। सात बर्षे प्रवधान हटाउनुका अतिरिक्त अध्यदेशमा केही प्रावधान नागरिकता ऐन, २०६३ भन्दा फरक समेत थपिएका छन् । राज्यव्यवस्था समिति हुँदै संसद्मा पुगेको विधेयकमा मंसिर ०६५ अघि निवेदन दिएर ०७२ सम्म नागरिकता पाएका भनिएको थियो तर, अध्यादेशमा ०६५ सम्म निवेदन दिएको भन्ने अंश समेटिएको छैन ।
यस्तै नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले अंगीकृत नागरिकता पाउने भएकोले उनीहरूका सन्तानले वंशजका आधारमा नागरिकता पाउने व्यवस्था छ । तर, नेपाली महिलासँग विवाह गर्ने पुरुष विदेशी भएमा सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था अध्यादेशले गरेको छ ।
विदेशीसँग बिहे गरेका नेपाली पुरुषका सन्तानले वंशजको नागरिकता र विदेशीसँग बिहे गरेका नेपाली महिलाका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्थामा महिला र अधिकारकर्मीले आपत्ति जनाउँदै आएका छन् । यसगरी बाबुको पहिचान हुन नसकेको व्यहोराको आमाले ‘स्वघोषणा’ गरेमा नागरिकता प्राप्त हुने व्यवस्था गर्न समितिले भनेको थियो, तर ‘तोकिए बमोजिमको स्वघोषणा’ आवश्यक हुने व्यवस्था गरिएको छ ।
नागरिकता अध्यादेश जारी सम्वन्धमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विधेयकमा नेपाली कांग्रेसकाे विरोध नरहेको बताएका छन् । उनले कांग्रेसको विरोध विरोध अध्यादेशबाट मुलुक चलाउने प्रधानमन्त्री निरकुश अधिनायकवादी शैलीप्रति भएको बताए । ” विधेयकमा नेपाली कांग्रेसको विरोध छैन । हामीले सोही विधेयक ल्याउँदा हलो अडकाउने । चर्को राष्ट्रवादका कुरा गरेर नगारिकता चकलेट होइन भन्ने ओलीलाई आज के बाध्यता आइलाग्यो ! संसद विघटन गरी अध्यादेशबाट हतार हतारमा जारी गर्नु पर्यो ? त्यसतर्फ हामीलाई आंशका पैदा भएको छ, ‘ काेइरालाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार