औषधि लिएर संक्रमितका घरमा पुग्छन स्वास्थ्यकर्मी र जनप्रतिनिधि
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार २२:५:५९
१० जेठ,धनगढी । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाको संक्रमण बढ्न थालेपछि कैलालीको कैलारी गाउँपालिकाले अहिले गाउँ–गाउँ पुगेर होम आइसोलेसनमा बसिरहेका संक्रमितहरुलाई औषधि वितरण गरिरहेको छ । संक्रमण बढेपछि गाउँपालिकाले गाउँ–गाउँमा स्वास्थ्यकर्मी खटाएर संक्रमितलाई लक्षण अनुसार विभिन्न औषधि निःशुल्क रूपमा प्रदान गर्दै आएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए ।
“स्वास्थ्यकर्मीसँगै हामीले जनप्रतिनिधिलाई पनि पठाउने गरेका छौ,” चौधरीले भने । संक्रमण देखिएकाहरू बाहेक कोरोनाका लक्षण देखिएका बिरामीहरू पनि स्थानीय मेडिकलमा टाइफाइड भन्दै औषधि लिन जान थालेपछि अझै चिन्ता थपिएको उनको भनाइ छ । चौधरीले भने, “अहिले ‘गाउँपालिकाले औषधि दिन थालेपछि बिरामीहरू स्थानीय मेडिकलमा जाने र जथाभाबी एन्टिबायोटिक औषधि लिएर खाने क्रम धेरै हदसम्म घटेको छ ।”
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जथाभावी औषधि किनेर नखान आग्रह गरिएको बताउँदै पहिले कोरोना परीक्षण गरेर मात्रै अन्य उपचार गर्नु पर्छ भनेर हामीले सम्झाउने गरेका छौँ भने । गाउँपालिकाको कार्यालयले एन्टिजेन विधिबाट गाउँपालिकामै परीक्षण गर्नुका साथै पिसिआर परीक्षणका लागि हप्तामा दुई दिन स्वाब सङ्कलन गर्दै आएको सापकोटाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार