उपत्यकामा संक्रमण दर नघटेपछि फेरि निषेधाज्ञा थप्ने तयारी
नेपालबहस संवाददाता
जेठ १०, २०७८ मंगलबार १:११:१६
१० जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण नियन्त्रण लिन जारी निषेधाज्ञा फेरि थपिने भएको छ । मंगलबार दिउँसो भर्चुअल माध्यमबाट निषेधाज्ञा थप्नेबारे छलफल हुनेछ । भोलि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बैठक बस्दैछ ।
गृहमन्त्रालय स्रोतका अनुसार थप एक साताका निषेधाज्ञा थप्ने विषयमा छलफल भइरहेको छ । कोरोनाको दोस्रो लहरको संक्रमण बढेपछि उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि २२ वैशाखमा पुनः एक साता निषेधाज्ञा थप गरिएको थियो ।
यता, सोमबार स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले पत्रकार सम्मेलनमार्फत आगामी चार सातामा संक्रमण क्रमशः घट्दै जाने बताएका छन् । शनिबार गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेर निषेधाज्ञाको कडाइका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
हङकङमा ४७ प्रजातन्त्र समर्थक कार्यकर्तालाई जेल सजाय
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार