स्थानीय युवाको सक्रियतामा १५ शय्याको आइसोलेशन
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार १४:८:३
११ जेठ , काठमाडौं । स्थानीय युवाहरुको सक्रियतामा काठमाडौं महानगरपालिका–९ मा १५ शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो लहरको प्रभाव बढेसँगै महानगरपालिकाको प्राविधिक सहयोगमा मातृका आँखा केन्द्रको व्यवस्थापनमा शारदा माध्यमिक विद्यालयमा १५ शय्याको आइसोलेशन केन्द्र सोमबारदेखि सञ्चालनमा आएको हो ।
विजयचोक युवा क्लब, मिरमिरे युवा समाज, सिनामङ्गल युथ एलायन्स, पञ्चकुमारी समाज, कृति फाउण्डेशन तथा नव न्यानो फाउण्डेशनको स्वयंसेवामा सबै वर्ग तथा होम आइसोलेशनमा बसी उपचार गर्न निर्देशन पाएका व्यक्तिका लागि आइसोलेशन केन्द्र सञ्चालन गरिएको हो । हाल १५ शय्याबाट शुरु भए पनि चाप बढेसँगै यसको क्षमता विस्तार गरी ६० शय्यासम्म बनाउने तयारी गरिएको केन्द्रका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।
चौबीसै घण्टा चिकित्सक र नर्स सेवासहित निःशुल्क औषधि तथा खाना व्यवस्थापन, दैनिक योग अभ्यास र घरमै आइसोलेशनमा बस्नुभएका बिरामीका लागिसमेत टेलिफोनबाट परामर्श सेवा उपलब्ध गराउने व्यवस्था गरिएको केन्द्रले जनाएको छ ।
अक्सिजन, भेन्टिलेटर र आइसियू सेवा आवश्यक पर्ने बिरामीबाहेकका अन्य कोरोना पोजिटिभ देखिएका बिरामीलाई केन्द्रबाट निःशुल्क सेवा उपलब्ध गराइने छ । परिवारका अन्य सदस्यसँग निरन्तर सम्पर्क रहनसक्ने व्यवस्था मिलाइएको आइसोलेशन केन्द्रका संयोजक सन्तोष नेपालले बताए । सेन्टरमा सेवा लिनका लागि बिरामी तथा आफन्तले ९८५१०२९०५९ सन्तोष नेपाल, ९८५१०६१२१४ दिनेशविक्रम शाह, ९८४९९५०९०९९ देवेन्द्र आचार्य र ९८५१०९६३८७ शिव मगरातीसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु सात प्रहरी अपहरण
मंसिर ४, २०८१ मंगलबार
भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
चुनढुंगा उत्खननमा उद्योगीहरुको बदमासी, मुरारका ४ लाख तिरेर छुटे, अरु अनुसन्धानमा
मंसिर ४, २०८१ मंगलबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार