म्याग्दीमा कोरोना संक्रमण: सदरमुकाममा घट्यो, गाउँमा फैलियो
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार १४:१०:११
११ जेठ, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको स.क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता संक्रमितहुनेहरुमा ग्रामीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा संक्रमित भेटिएका छन् । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेल केही दिनयता बेनी बजारभित्र संक्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढ्दो क्रममा देखिएको बताउछन । सदरमुकाममा संक्रमणदर घट्नुमा वैशाख २२ गतेदेखि भएको निषेधाज्ञाको प्रभाव परेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सदस्यहरुको विश्लेषण छ ।
“बेनी बजारमा नयाँ संक्रमित थपिने क्रम घटेको छ तर ग्रामीण क्षेत्रमा थपिएकाले समग्र जिल्लाको अवस्था स्थिर छ”, डाक्टर कडेलले भने, “ग्रामीण क्षेत्रमा परीक्षणको दायरा बढाएसँगै संक्रमित पहिचान हुन थालेका हुन् ।” बेनी अस्पतालको आइसोलेशनमा उपचाररत अधिकांश संक्रमित नगरपालिकाको ग्रामीण क्षेत्र र पालिकाको आइसोलेशनबाट रिफर भएर आएकाहरु छन् ।
निषेधाज्ञा भएपछि शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा गएका तथा अन्य माध्यमबाट भित्रिएको कोरोनाको संक्रमण विवाह, चौरासी, व्रतबन्ध्र, छेवार, किरिया जस्ता सांस्कृतिक कार्यमा भएको जमघट र भोज भतेरमार्फत फैलिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।
सोमबार पछिल्लो २४ घण्टामा म्याग्दीका ६५ संक्रमितमध्ये अधिकांश ग्रामीण क्षेत्रका छन् । योसँगै म्याग्दीमा कोरोना संक्रमितको सङ्ख्या एक हजार ५५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ संक्रमित निको भएर आइसोलेशनमुक्त भएका छन् । म्याग्दीमा ५२० सक्रिय संक्रमित छन् ।
बेनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लीला गौतमका अनुसार नगर क्षेत्रमा पछिल्लो पटक घतान, अर्थुङ्गे र भकिम्लीमा संक्रमण फैलिएको छ । भकिम्लीमा ३२ जना लक्षण देखिएका र शङ्कास्पदको स्वाबको नमूना परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
यसैगरी रघुगङ्गा गाउँपालिकाको पिप्ले, दग्नाम र चिमखोलामा संक्रमण फैलिएको छ । केही दिनअघि वडा नं ५ को छिस्वाङमा फैलिएको कोरोना केही दिनयता मङ्गलाको वडा नं ३ मा पर्ने बरङ्जा क्षेत्रमा बढेको छ ।
एक हप्ताअघिसम्म न्यून मात्रामा संक्रमित भएको मालिका गाउँपालिकाको देविस्थान, रुम, डाडागाउँ र निस्कोटमा देखिएको छ । मालिकामा रुमका ३२, देविस्थानका २३, निस्कोटमा नौ, डाडागाउँमा आठ, ओखरबोटमा छ र दरवाङमा एक जना संक्रमित छन् ।
अन्नपूर्णको दोवामा पनि कोरोना सङ्क्रमित भेटिएका छन् । धवलागिरिको ताकम र लुलाङमा पनि संक्रमणको अवस्था स्थिर देखिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भएको लारवाहीका कारण ग्रामीण क्षेत्रमा कोरोना महामारी नियन्त्रणमा चुनौती देखिएको छ । म्याग्दीको गुर्जा, बिम, मल्कवाङ, कुइनेमङ्गले, पाखापानी, झिँ र राम्चेबाहेकका वडाहरु कोरोना महामारीबाट प्रभावित भएका छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ट्रम्पको कार्यकाल छल्न चाहनेका लागि क्रुज कम्पनीले ल्यायो चार बर्षे टूर प्याकेज
मंसिर ४, २०८१ मंगलबार
जग्गादानसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र मुसलमानको इजलासको अन्तिम सूचीमा
मंसिर ४, २०८१ मंगलबार
'तारक मेहता का उल्टा चश्मा' का जेठालाल र निर्माता मोदीबीच झगडा !
मंसिर ४, २०८१ मंगलबार
‘हरिबहादुरको जुत्ता’ मा मुख्य भिलेनको भूमिकामा मुरलीधर
मंसिर ४, २०८१ मंगलबार
हरिणी अमरसूर्या श्रीलंकाको प्रधानमन्त्रीमा पुन नियुक्त
मंसिर ४, २०८१ मंगलबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार