कोरिया पुगेका विष्णुले गरे आत्महत्या
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार १६:४२:०
११ जेठ,सउल । रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गरेका छन् ।
मन्थली नगरपालिका भुलुवाजोरका श्रेष्ठ किम्हे खिन्हुङस्थित मासुका लागि पालिने एक गोरु फार्ममा कार्यरत थिए । आइतबार स्थानीय समयानुसार साँझ ७ बजेसम्म घरमै कुरा गर्दै गरेको उनका सहकर्मीले बताएका छन् । उनीसहित तीन जना नेपाली कामदार रहेको उक्त गोरु फार्ममा आइतबार काम सकेपछि साँझ अन्य दुई साथी ‘इभिनिङ वाक’ का लागि निस्केका थिए । उनलाई पनि सँगै जान अनुरोध गरेको तर थकाइ लागेका कारण जान नमानेपछि श्रेष्ठलाई कोठामै छाडेर दुई साथी निस्केका थिए । इभिनिङ वाक सकेर उनीहरू कम्पनी फर्किँदा उनलाई झुण्डिएको अवस्थामा भेटेका थिए ।
विष्णुलाई झुण्डिएको देखेपछि उनका सहकर्मीले कम्पनी साहुलाई बोलाई कोरियाली प्रहरीको उपस्थितिमा नजिकैको अस्पताल लगिएको थियो । उनको शव हाल अस्पतालमै राखिएको छ । घटनापछि नेपाली राजदूतावास सउल र मृतकका घरमा पनि खबर गरिएको छ । मृतककी श्रीमती, एक छोरी र बुबाआमा छन् । श्रेष्ठ विगत केही महिनादेखि मानसिक अवसाद (डिप्रेसन)मा परी औषधि खाइरहेका थिए । उनी आफ्नो औषधोपचारका लागि यही जुन ४ मा नेपाल फर्किने तयारीमा रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार