स्थानीय सरकारलाई रेडक्रसले दियो एम्बुलेन्स
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार १७:२८:२७
११ जेठ,कनकाई । झापाको कनकाई नगरपालिकालाई मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले एम्बुलेन्स हस्तान्तरण गरेको छ । कोरोना भाइरस संक्रमण तीव्ररूपमा अघि बढेसँगै संक्रमित बिरामीको चाप बढ्न थालेपछि महामारीका बेला सहयोग गर्ने उद्देश्यले स्थानीय सरकारलाई एम्बुलेन्स हस्तान्तरण गरेको रेडक्रस उपशाखाका सभापति प्रवीण तिम्सिनाले जानकारी दिए । संक्रमित बिरामीलाई अस्पतालसम्म लैजाने र घरमा पु¥याउने कामका लागि नगरपालिकालाई एम्बुलेन्सको थप आवश्यकता महसुस गर्दै रेडक्रसले एम्बुलेन्स हस्तान्तरण गरेको बताइएको छ ।
कनकाई–३ स्थित सुरुङ्गामा २० वर्षअघि स्थापना भई विपद् व्यवस्थापनलगायत सामाजिक क्षेत्रमा महत्वपूर्ण सेवा गर्दै आएको सुरुङ्गा रेडक्रसले मे१च ९९५ नंको महेन्द्रा एण्ड महेन्द्रा कम्पनीको एम्बुलेन्स नगरपालिकाको स्वामित्वमा रहने गरी हस्तान्तरण गरेको रेडक्रस सभापति तिम्सिनाले बताए ।
नगरपालिकाले कोरोना संक्रमित आफ्ना नगरवासीलाई प्राथमिक चरणको उपचार सेवा दिने उद्देश्यले भर्खरै मात्र अक्सिजनसहितको २० शय्याको आइसोलेशनकक्ष सञ्चालनमा ल्याएको छ । रेडक्रसले नगरपालिकालाई सहयोग गरेको एम्बुलेन्सबाट बिरामीको उपचार सेवामा थप सहज हुने विश्वास व्यक्त गर्दै नगर प्रमुख राजेन्द्र पोखरेलले रेडक्रस संस्थाप्रति धन्यवाद प्रकट गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार