कोरोनाको ‘हटस्पट’ बन्दै दूरदराजका गाउँ
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार १९:१:२६
११ जेठ,पाँचथर । जिल्लामा दूरदराजका गाउँ वस्तीहरु कोरोना भाइरस संक्रमणका ‘हटस्पट’ बन्न थालेका छन् । जिल्लाका आठवटै स्थानीय तहका दूरदराजका गाउँहरुमा कोरोना भाइरसको संक्रमण निकै तीब्र रुपमा फैलिएको छ । मानवीय उपस्थिति र चहलपहल नै कम हुने गाउँहरुमा संक्रमण तीब्र हुँदा ग्रामीण क्षेत्र पनि प्रभावित बनेको छ । दूरदराजका गाउँ वस्तीहरुमा घरैपिच्छे संक्रमित भेटिनाले यी स्थानहरु ‘हटस्पट’ बनेका छन् ।
हालसम्म जिल्लामा कोभिड–१९ संक्रमणबाट सबैभन्दा प्रभावित स्थान हिलिहाङ गाउँपालिका—५ सुभाङ बनेको छ । यस वडामा हालसम्म ७५ पुरुष र ४७ महिला गरी १२२ जनाको एन्टिजेन परीक्षण गरिएकामा छ ७३ जनामा संक्रमण पुष्टि भएको छ । यो वडाको मालबाँसे टोल सबैभन्दा बढी प्रभावित छ । यहाँ हालसम्म ४४ जना संक्रमित छन् । यसै वडाका भालुखोप, अमले, जेभाले लगायत टोलमा समेत संक्रमण निकै तीब्र गतिमा फैलिएको छ ।
हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेले भने, “घरैपिच्छे विरामी छन् । कतिपयले परीक्षण गर्न मानिरहेका छैनन् । स्थिति भयावह जस्तै छ ।” संक्रमितहरुमा गम्भीर समस्या नहुँदा आत्तिनुपर्ने स्थिति भने नभएको घिमिरे वताउछन् । हिलिहाङ—१ अमरपुरमा २२ जनाको एन्टिजेन परीक्षण गर्दा आठ जना संक्रमित देखिएका छन् । हिलिहाङमा मात्रै हालसम्म ९४ जनामा संक्रमण देखिएको छ ।
सदरमुकाम फिदिममा घरैपिच्छेजस्तो संक्रमित भेटिन थालेका छन् । फिदिममा आइतवार मात्रै ३० जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको थियो । अब्यवस्थित बसोबास, निषेधाज्ञामा पनि अनियन्त्रित मानवीय चहलपलहले सदरमुकाममा संक्रमित दिनहुँ बढिरहेका छन् । सदरमुकाममै लक्षण देखिएका कतिपयले परीक्षण गर्न इन्कार गरिरहेका छन् ।
नगरपालिकाभित्र पर्ने गाउँ वस्तीहरुसम्म संक्रमण फैलिइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । सोमवारमात्रै फिदिम नगरपालिका–७ रानीटारमा ५० जनामा गरिएको एन्टिजेन परीक्षणमा २४ जनामा संक्रमण देखिएको छ । यहाँका नाङलपा, बरबोटे, रानीटार, घुमाउनेटार लगायत टोलमा धेरै विरामी देखिएका छन् । कोभिड–१९ सँग लक्षण मिल्ने बिरामी देखिएपछि स्थानीयवासीले परीक्षणको माग गरेका थिए ।
दक्षिणी मिक्लाजुङका गाउँ वस्तीहरुको अवस्था पनि उस्तै छ । मिक्लाजुङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख अग्नीप्रसाद चम्लागाइँका अनुसार हालसम्म उक्त गाउँपालिकाभित्र मात्रै ४९ जनामा संक्रमण पुष्टि भएको छ । “मिक्लाजुङ–८ दुर्दिम्बामा धेरै बिरामी देखिएका छन् । उनीहरुमध्ये सबैको परीक्षण समेत गर्न सकिएको छैन्”, चम्लागाइँले भने, “कतिपयले परीक्षण गर्न मान्नुभएको छैन् ।” कन्ट्र्याक टे«सिङमा परेका सबैको परीक्षण गर्न नसक्दा गाउँ वस्तीहरुमा संक्रमणको जालो चुडाउन नसकिएको चम्लागाँईको भनाई छ ।
दक्षिणकै तुम्बेवा गाउँपालिकामा समेत सात जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । “३२ जनामा परीक्षण गर्दा सात जनामा संक्रमण देखिएको छ । केही निको पनि भएका छन्”, गाउँपालिका अध्यक्ष होमनाथ थापाले भने, “परीक्षणको दायरा बढाउने प्रयास थालेका छौँ ।” पीसीआर परीक्षणका यहाँ सङ्कलित स्वाब धनकुटा वा विराटनगर पठाउनुपर्छ । दुवै स्थानमा धेरै समय पालो पर्खनुपर्दा संक्रमितको पहिचान ढिलो भई संक्रमण रोकथाम गर्न कठिन भएको अध्यक्ष थापाको भनाइ छ ।
पछिल्लोपटक जिल्लाको कुम्मायक र फाल्गुनन्द गाउँपालिकामा संक्रमण निकै तीब्र गतिमा फैलन थालेको छ । शनिबार कुम्मायक–१ सिम्ले गाउँमा बिरामी भेटिएपछि १४ जनामा गरिएको एन्टिजेन परीक्षणमा छ जनामा तथा कुम्मायक–२ माङ्जाबुङमा १५ जनामा गरिएको परीक्षणमा दुई जनामा संक्रमण देखिएको थियो । आइतबार गाउँपालिकाको केन्द्र यासोकमा २१ जनामा एन्टिजेन परीक्षण गर्दा चार जनामा संक्रमण देखिएको छ । “गाउँ वस्तीहरुमा संक्रमित देखिन थालेपछि हामीले गर्नुपर्ने उपचारात्मक तथा संक्रमण रोकथामका कार्यहरु र तयारीलाई तीब्र पारेका छौँ”, कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ भने ।
यसैगरी फाल्गुनन्दमा भने गाउँपालिकाको अस्थायी केन्द्र घुर्विसेपञ्चमीसहित चिम्फुला, राँके, नवमीडाँडालगायत क्षेत्रमा गरी हालसम्म २१ मा संक्रमण देखिएको छ । करीब १५० जनाको एन्टिजेन परीक्षणमा उक्त सङ्ख्यामा संक्रमित देखिएका हुन् । ग्रामीण क्षेत्रमा समेत संक्रमण फैलँदै गएकाले परीक्षणको दायरा बढाउँदै लागिएको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको भनाइ छ ।
जिल्लाको याङवरक गाउँपालिकामा भने संक्रमणको जालो एक हदसम्म तोडिएको छ । याङवरक–१ च्याङ्थापू तथा याङ्वरक–४ थर्पूमा अत्यधिक संक्रमित भेटिएका थिए । तर पछिल्लोपटक संक्रमण घट्दै गएको छ भने गाउँपालिकाले परीक्षणलाई निरन्तरता दिएको छ । याङवरक–१ च्याङ्थापूमा ७८ वर्ष माथिका तीन जना वृद्धवृद्धाले कोरोना जितेको गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङ्हाङको भनाइ छ । ग्रामीण क्षेत्रमा संक्रमण तीब्र हुँदै जाँदा सतर्कता केही बढेको छ । यद्यपि परीक्षण गर्न अस्वीकार गर्ने, कोभिड–१९ को महामारीलाई सामान्य रुघाखोकी र ज्वरोको रुपमा मात्रै लिई हेलचेक्र्याई गर्नेको सङ्ख्या उल्लेख्य हुनाले सङ्क्रमण अझै बढ्नसक्ने खतरा देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार