किसानलाई तत्काल कोरोना बिरुद्धको खोप उपलब्ध गराउन फोर एच नेपालको माग
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार २०:४२:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/4h-nepal_O8EXNUxqsT.jpg)
११ जेठ, काठमाडौं । फोर एच नेपालले एक वक्तव्य जारी गरी किसानलाई तत्काल कोराना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । साथै, किसानलाई फ्रन्टलाइन वर्कर तथा कृषिलाई उच्च जोखिमयुक्त क्षेत्र घोषणा गर्न पनि सरकारसँग माग गरिएको छ ।
फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्वारा जारी गरिएको वक्तव्यमा अगाडि भनिएको छ, किसानलाई मल र बीउ खरिद गर्न तथा कृषिजन्य सामाग्री बजारसम्म पुर्याउन कठिनाई भएकाले किसानका लागि स्थानीय तहबाटै पासको व्यवस्था गर्न भनिएको छ ।
वक्तव्यमा भनिएको छ, सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा असिनापानी तथा खराब मौसमको कारण उत्पादनमा कमी आएको भन्दै तत्काल खाद्यान्न उपलब्ध गराउन तथा किसानलाई उचित क्षतिपूर्ती उपलब्ध गराउनका लागि नेपाल सरकारसँग माग गरिएको छ ।
बिगत वर्षजस्तै यो वर्ष पनि मलको समस्या देखिनसक्ने भन्दै तत्काल किसानलाई मल उपलब्ध गराउने व्यवस्था मिलाउन वक्तव्यमा भनिएको छ । साथै, किसानले लिएको कृषि ऋणलाई सहुलियत दिन र ब्याज तिर्ने समयसीमा बढाउन पनि वक्तव्यमा भनिएको छ ।
अवस्थीद्वारा जारी वक्तव्यमा भनिएको छ, आगामी वर्षको नीति तथा कार्यक्रममा किसानका लागि विशेष व्यवस्था गर्न तीनै तहका सरकारसँग जोडदार माग गरिएको छ ।
कोभिड १९ को दोस्रो भेरियन्टले महामारीको रुप लिएसँगै नेपाल सरकारले गरेको लकडाउनको कारण कृषि व्यवसाय तथा किसानहरुले ठूलो समस्या झेल्दै आइरहेका र कृषि उत्पादन, बजारीकरण तथा उद्यमशिलतामा दिनानुदिन थप नयाँ समस्या तथा चुनौतीहरु थपिदै गइरहेको फोर एच नेपालको ठहर रहेको वक्तव्यमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार