ओलीको अतिचारले लोकतन्त्र कै बदनाम

नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार २०:१९:७

सम्पादकीय
स्वेच्छाचारिता र निरंकुश प्रवृत्तिले सीमा नाघेपछि नसोचेको परिघटनाले निकास दिन खोज्दो रहेछ भन्ने कुराको पुष्ट्याई हालै नेपाली राजनीतिक क्षितिजमा दोहाेरिएको छ । शासनसत्तामा हुनेले विवेक गुमाएर केवल सत्ताका लागि मात्रै आफूलाई सीमित गर्न थाल्दा यस्तो परिस्थिति निर्माण हुने गर्छ ।
प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको जालसाजीपूर्ण कार्यशैली र प्रवृत्तिले त्यही अवस्थाको चित्रण गरेको छ । त्यसैले आफ्नै दलभित्रका न्यायप्रेमी र लोकतन्त्रप्रति आस्थावान समूहले यो प्रवृत्तिको विरोधमा उत्रनुपर्ने भएको छ । माधवकुमार नेपालहरु एमालेमा पेलिएका त छन् नै । तर उनीहरुले अहिले ओलीविरुद्ध विपक्षी दलका नेतालाई नै समर्थन गर्नुपर्ने अवस्था आयो ।
यद्यपि नेता नेपाल पक्षले कांग्रेस सभापति भन्दा पनि माननीय सांसद शेरबहादुर देउवालाई समर्थन गरेको तर्क गरेको छ । जे भएपनि ओलीको विकल्पमा उनीहरु सर्वाेच्च अदालतमा लामवद्ध भएरै रिट निवेदन दर्ता गर्न पुगे । यो अवस्थाका लागि दोषी को त ? स्वभाविक रुपमा ओली र भण्डारीको अकर्मण्यता र सत्ताप्रतिको लिप्सा नै हो ।
ओली सत्तासीन भएलगत्तै आफ्नो शैली र व्यवहार लोकतन्त्र विपरित नै देखाए । २०७४ फागुन ३ गते ओली पहिलोपटक संविधानको धारा ७६(२) अन्तर्गत प्रधानमन्त्री नियुक्त भए । जबकी त्यसबेलासम्म ओलीलाई संविधानले प्रतिनिधिसभाको सदस्यका रुपमा चिनेकै थिएन । अर्थात, उनले प्रतिनिधिसभाको सदस्यको हैसियतले शपथ लिएकै थिएनन् । तर राष्ट्रपति भण्डारीले आफूखुशी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिन् । संविधान मिच्ने कामको थालनी यहींबाट भएको थियो । त्यसबखत एमालेकै कोही नेताले प्रश्न उठाएनन् वा चाहेनन् । जसले गर्दा ओलीमा मैले जे गर्दापनि हुने रहेछ भन्ने दम्भ पलायो ।
हुँदा हुँदा ओलीले राष्ट्रपतिसँगको मिलेमतोमा जे पनि गर्न हौसिए । जबसम्म यो विषय नेकपा भित्रकै समस्या रहेन तबसम्म कसैले प्रश्न समेत गरेनन् । तर गएको बैशाखमा दल विभाजन र संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याए ओलीले अनि मात्रै भण्डारी र ओलीको मिलेमतो चिन्ताको विषय बन्यो । त्यसपछि त ओलीले राष्ट्रपति पदको यति हुर्मत लिए की आज यो संस्थाप्रति आम नागरिकले धारे हात लगाउने अवस्था निर्माण भएको छ ।
यसको कारण के त ? केवल सत्ता जोगाउनु
ओली चाहन्छन् अब यो देशमा अरु कसैले सत्ता नचलाओस् । केवल आफू मात्र यसको हकदार हो । त्यसैले जस्तोसुकै जालझेल र तिकडम गरेर भएपनि उनी सत्तामा टिक्न उद्यत् छन् । सत्ता गुम्ने परिस्थिति निर्माण हुने वित्तिकै ओली संविधानको बलात्कार गर्न सुरिन्छन् । त्यसमा उनलाई दरो साथ छ, शीतलनिवासको । जनताको आस्था र विश्वासको प्रतिकका रुपमा रहेको संस्था नै अहिले घीनलाग्दो अवस्थामा पु¥याइएको छ । त्यसको कुनै असर र मतलव छैन, बालुवाटार र शीतलनिवासलाई । केवल आफ्नो पद सुरक्षित रहोस् भन्ने चाहना मात्र छ ।
देशमा कोरोनाको संक्रमण उच्च रहेका बेला ओलीलाई सत्ता जोगाउने हुटहुटीले पिरोलेको छ । सत्ताका लागि सबैखाले घुणित हर्कत गर्न पछि नपर्ने ओली चरित्र कोरोनाकालमा अझै उत्कर्षमा पुग्यो । ओलीलाई संविधानका सबै प्रावधान अन्तर्गतको प्रधानमन्त्री बन्न इच्छा लाग्यो भन्दैमा राष्ट्रपतिले पूरा गर्दै जाने अवस्था बनाइयो ।
संसारमा कतै होला त्यस्तो ? एउटै कार्यकालमा एउटै व्यक्ति सबै खाले प्रधानमन्त्री बन्ने ? अन्यत्र छैन । तर ओलीलाई नयाँ कीर्तिमान कायम गर्न सनक चढ्यो, त्यसलाई पूरा गर्न भण्डारी कस्सिइन् । सत्ता जोगाउनकै लागि जस्तोसुकै अनैतिक र असंवैधानिक कदम चाल्न पछि नहट्ने अवस्था आएकाले नै पार्टी भित्र विद्रोहको स्वर उठेको प्रष्टै छ ।
सत्ता जोगाउन ओली र भण्डारीले गरेका ताण्डबले नेपालको लोकतन्त्रप्रति नै युवा पुस्ताको घृणा बढ्ने अवस्था आएको छ । अहिलेको युवा पुस्ताले ओली –भण्डारी चर्तिकला राम्ररी नियालेको छ । त्यसले राजनीतिप्रति नै वितृष्णा फैलाउने काम गर्ने छ । साथै, राष्ट्रपति भन्ने संस्थाको गरिमा र ओज नै धूमिल भएको छ । जसले गर्दा फेरि राजतन्त्रप्रति नै जनतामा आकर्षण थप्ने काम भइरहेको छ । कमसे कम राजा भनेको त राष्ट्रिय एकताको प्रतीक मान्न सकिन्छ । यसरी हेर्दा पनि खड्ग–विद्या जोडीको लक्ष्य र उद्येश्य लोकतन्त्रको हत्या नै होस् भन्ने निचोड निकाल्न सक्ने अवस्था छ ।
यो अवस्था भनेको नेपाली नागरिकका लागि ज्यादै संगीन र निराशा जगाउने खालको रहेको छ । त्यसैले अति भएपछि खती हुन्छ भन्ने नेपाली उखान चरितार्थ गर्न फेरि बल सर्वाेच्च अदालतकै दायरामा पुगेको छ । आम नागरिकको विश्वास र भरोसाको केन्द्रका रुपमा न्यायलयले विगतदेखि नै विश्वास जागृत गराएको हो । पुष ५ गते पनि ओलीले यस्तै हरकत गरेका थिए ।
तर न्यायालयले फागुन ११ मा त्यसलाई सच्याइदियो । फेरि पनि ओलीको सर्वसत्तावाद चुलिएको छ । त्यसलाई नियन्त्रणमा राख्न न्यायालयले ऐतिहासिक दायित्व निर्वाह गर्नै पर्नै भएको छ । आफ्नै पार्टीबाट भएको विद्रोह चानचुने जोखिम होइन । आम नागरिकको चाहनालाई सम्मान गरेर नै माधव नेपालहरु मैदानमा ओर्लिएका छन् । सोही बमोजिमको भावना र कामना फेरि पनि न्यायपालिकाले गछै भन्ने विश्वास गर्नु अन्यथा होइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !
बैशाख १, २०८१ शनिबार
शान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
प्रधानमन्त्री ओली पशुपतिमा, महाशिवरात्रीमा सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर (फोटो फिचर)
फागुन १३, २०८१ मंगलबार
स्वास्थ्य सचिवका लागि ३ जनाको नाम सिफारिस
फागुन १३, २०८१ मंगलबार
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’ हुने
फागुन १३, २०८१ मंगलबार
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा
फागुन १३, २०८१ मंगलबार
ललितपुरको इमाडोलमा आगलागी
फागुन १३, २०८१ मंगलबार
प्रधानमन्त्री ओली पशुपतिमा, महाशिवरात्रीमा सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर (फोटो फिचर)
फागुन १३, २०८१ मंगलबार
स्वास्थ्य सचिवका लागि ३ जनाको नाम सिफारिस
फागुन १३, २०८१ मंगलबार
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’ हुने
फागुन १३, २०८१ मंगलबार
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा
फागुन १३, २०८१ मंगलबार
ललितपुरको इमाडोलमा आगलागी
फागुन १३, २०८१ मंगलबार
प्रधानमन्त्री ओली पशुपतिमा, महाशिवरात्रीमा सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर (फोटो फिचर)
फागुन १३, २०८१ मंगलबार
स्वास्थ्य सचिवका लागि ३ जनाको नाम सिफारिस
फागुन १३, २०८१ मंगलबार
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’ हुने
फागुन १३, २०८१ मंगलबार