कैलालीमा गर्भवतीलाई मोबाइलबाटै परामर्श

नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार २१:३१:४९

११ जेठ,टीकापुर । कैलालीको जानकी गाउँपालिकाले कोरोना महामारीको समयमा गर्भवती तथा सुत्केरीलाई मोबाइलबाट परामर्श दिन थालेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा सेवा लिन जान डराएका गर्भवतीको अवस्था बुझ्ने र उनीहरुको हौसला बढाउन मोबाइल सेवा दिइरहेको हो ।
गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकामार्फत् गर्भवतीलाई टेलिफोनबाट परामर्श दिने, उनीहरुको मनोबल बढाउने काम थालेको हो । ‘‘गर्भवती तथा सुत्केरीको स्वास्थ्यमा आउने परिवर्तन, जटिलताबारे जानकारी लिन स्वयम्सेविकाले फोन गर्ने गरेका छन्’’, स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले भने, ‘‘गर्भावस्था र सुत्केरी अवस्थामा आउने मानसिक तथा शारीरिक परिवर्तनले उनीहरुको मनोबल कमजोर हुने, गलत विचार आउने, डराउने हुन्छ । यस्तो बेला स्वास्थ्य संस्था आउन नसकेका, स्वास्थ्यकर्मी भेट्न डराएकाहरु स्वयम्सेविकासँग खुलेर कुरा गर्लान् भनी सक्रिय गराएका छौँ ।’’
गाउँपालिकामा सय जना महिला स्वास्थ्य स्वयम्सेविका रहेका छन् । पालिकाले यसअघि नै मेडिक मोबाइल कार्यक्रमअन्र्तगत स्वमय सेविकालाई मोबाइल उपलब्ध गराएको छ । ‘‘स्वयम्सेविकाले यसअघि पनि काम गरिरहेका थिए तर कोरोना महामारीको समयमा मोबाइल सेवा थप प्रभावकारी भएको छ’’, स्वास्थ्य संयोजक चौधरीले भने, ‘‘यतिखेर स्वयम्सेविकाले गर्भवती र सुत्केरीको स्वास्थ्य सङ्कटमा पर्नबाट जोगाउन समुदायमा राम्रो काम गरेका छन् ।’’
परामर्श सेवापछि गर्भवतीले आफूलाई परेको समस्याबारे स्वास्थ्यकर्मीसँग समेत फोनबाटै सल्लाह लिन थालेका छन् । महिला स्वास्थ्य स्वयम्सेविका गङ्गा थापा कुँवरले यतिखेर आफ्नो टोलमा रहेका गर्भवतीलाई नियमित टेलिफोन सेवा दिइरहेका छन् । थापाले टेलिफोनमा सल्लाह दिने मात्र होइन, उनीहरुको खानपान, परिवारका सदस्यलाई पोषणबारे ज्ञान दिने काम समेत गरिरहेको बताए । ‘‘मेरो टोलमा मात्रै पाँच गर्भवती छन्, मैले परिवारका सदस्यलाई उनीहरुको खानपान र आरामबारे पनि सिकाइरहेकी छु’’, थापा भन्छन्, ‘‘गर्भवती स्वास्थ्य संस्था जान डराएकाले अनिवार्य नियमित आइरन र क्लाल्सियम खान लगाउने, पहिलो र अन्तिम गर्भ जाँचका लागि अनिवार्य स्वास्थ्य संस्था जान सल्लाह दिने, समस्या भए स्वास्थ्यकर्मीको फोन नं। दिने जस्ता कार्य गरेकी छु ।’’
जानकी—३ की स्वयम्सेविका चन्द्रा साउदले पनि समुदायमा रहेका गर्भवतीलाई गर्भावस्थामा आउने परिवर्तन, स्वास्थ्य समस्याबारे जानकारी दिने गरेका छन् । ‘‘गर्भावस्थामा देखिन सक्ने खतराका लक्षणहरु, खोपको जानकारी, कस्तो अवस्थामा स्वास्थ्य संस्था जाने जस्ता सल्लाह दिन थालेका छौँ’’, साउदले भने, ‘‘गर्भवती र तिनका परिवारका सदस्यहरु पनि सामान्य समस्या भए हामीलाई फोन गर्ने गर्छन ।’’
पालिकाले स्वास्थ्यका अत्यावश्यक सेवालाई निरन्तरता दिएको छ । गाउँपालिकाको स्वास्थ्य संंस्थाबाट गर्भवतीलाई नियमित सेवा दिने गरेको भए पनि स्वास्थ्य संस्था आउन डराउने भएकाले मोबाइल सेवा थप प्रभावकारी बनाएको हो । पालिकाले फोनबाटै दिने सेवाले आफूहरुलाई सजिलो भएको जानकी—६ की संगीता विकले बताइन् । ‘‘म ६ महिनाकी गर्भवती छु, पहिलो गर्भजाँचपछि दोस्रो गर्भजाँचको मिति आएकाले कसरी स्वास्थ्य संस्था जाने भनी डराएकी थिएँ’’, संगीताले भनीन्, ‘‘स्वयमसेविका दिदीको फोन आयो, समस्या भए स्वास्थ्य संस्था जान नभए खानपानमा ध्यान दिन आग्रह गरिन । म घरमै नियमित खानपानमा ध्यान दिएर बसेकी छु ।’’
जानकीसँगै जोडिएको कैलालीको टीकापुर नगरपालिकाले पनि यतिखेर मेडिक मोबाइल सेवालाई थप प्रभावकारी बनाएको छ । टीकापुरमा पनि दुई वर्षदेखि यो कार्यक्रम सञ्चालनमा छ । महामारीको यो समयमा स्वयम्सेविकाको यो सेवा थप प्रभावकारी भएको छ । पालिकामा कोरोनाको दोस्रो भेरियन्टपछि १५९ जना कोरोना संक्रमित भएका छन् । जसमा हाल सक्रीय संक्रमित ४९ जना रहेका छन् । पालिकामा एक, महिला र पाँच पुरुष गरी छ जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिकामा भने २५८ जना संक्रमित पुगेका छन् । तीमध्ये सक्रिय संक्रमितको सङ्ख्या १२७ छ । टीकापुरमा कोरोना संक्रमणकै कारण २८ जनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमका संसदीय सभापतिका लागि आज निर्वाचन
फागुन ४, २०८१ आइतबार
सुदूरपश्चिम प्रदेश नीति आयोगमा दुई सदस्य नियुक्त
फागुन २, २०८१ शुक्रबार
विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण
माघ २९, २०८१ मंगलबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार