धरानमा एम्बुलेन्सबाट गाँजा बरामद

नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार २२:५९:५२

११ जेठ,धरान । एम्बुलेन्सको काम बिरामीलाई ओसारपसारमा सहयोग गर्नु हो । सुन्दा अचम्म लाग्न सक्छ, मानवीय सेवामा उपयोग हुने एम्बुलेन्सले नै अबैध लागू पदार्थ गाँजा बोक्यो भन्दा ।
इलाका प्रहरी कार्यालय धरानले गएराति एम्बुलेन्समा १०० किलो गाँजा सहित दुईजनालाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो । भेडेटारबाट धरानतर्फ आइरहेको हुडेप नेपाल लेखिएको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
उनले भने, “एम्बुलेन्सलाई शंका लागेर जाँच गर्दा पछाडी भागमा २५ केजीका चार झोलामा १०० किलो गाँजा फेला प¥यो ।” एम्बुलेन्स चालक धरान उपमहानगरपालिका –१५ का ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटा सहिदभूमी गाउँपालिका १ घर भई हाल धरान उपमहानगरपालिका –११ बस्नेत २८ वर्षीय पोषण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला अदालतबाट आज लागूऔषध मुद्दामा उनीहरुलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीले अभियुक्तले अबैध सो लागूपदार्थ धनकुटाबाट भारतमा बेच्न लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान जारी रहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’ हुने
फागुन १३, २०८१ मंगलबार
ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
फागुन १२, २०८१ सोमबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार