सगरमाथाका तीन जिल्लामा खाद्यान्न अभाव नहुने
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार १२:१५:३२
१२ जेठ, सोलुखुम्बु । माथिल्लो सगरमाथाका तीन जिल्लामा तत्काल खाद्यान्न अभाव नहुने सम्बन्धित जिल्लाका उद्योग वाणिज्य संघले जनाएका छन् । सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका उद्योग वाणिज्य सङ्घका अनुसार तीन महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि केही जिल्ला बाहेकमा निषेधाज्ञा जारी गरिएको छ । नागरिकको जीवन रक्षाका लागि निषेधाज्ञा जारी गरिँदा कोरोना सङ्क्रमणबाट बच्न सकिने भए पनि भोकमरीलगायतको समस्या सिर्जना हुने चिन्ता आम नागरिकमा छ ।
उद्योग वाणिज्य सङ्घ ओखलढुङ्गाका अध्यक्ष ज्ञानेन्द्र मास्केका अनुसार जिल्लामा तत्काल खाद्यान्न अभाव हुने छैन । “जिल्लामा निषेज्ञाधा जारी गरिएको भए पनि ढुवानी सहज भएको हुँदा समस्या छैन”, अध्यक्ष मास्केले भने, “जिल्ला प्रशासन कार्यालयको समन्वयमा ढुवानीका सवारी साधन निर्वाध सञ्चालन गर्ने वातावरण निर्माण गरेका छौँ, त्यसैले सबैलाई ढुक्क भएर बस्न आग्रह गर्छु ।” ओखलढुङ्गामा दुई महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको अध्यक्ष मास्केको भनाइ छ ।
नेपाल सरकारलाई कोरोना भाइरसको सम्भावित जोखिम कम गर्दै नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने बाध्यता छ । सोही बाध्यताका कारण नागरिकको जनजीवन पनि प्रभावित बन्ने गरेको छ । सबै जिल्लाले जारी गरेको निषेधाज्ञाको नियम एउटै नहुँदा खाद्यान्नलगायतको सामग्री ढुवानीमा केही असहज भएको व्यवसायीको भनाइ छ ।
छिमेकी जिल्ला खोटाङमा भने एक महिनाका लागि खाद्यान्न मौज्दात रहेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष उपीन राईको भनाइ छ । कोरोना संक्रमण तीव्र हुने र खाद्यान्न ढुवानी असहज भएमा समस्या हुने उनले बताए ।
यता गत वैशाख २६ गतेदेखि निषेधाज्ञा जारी गरिएको सोलुखुम्बुमा पनि तत्काल खाद्यान्न सङ्कट नहुने उद्योग वाणिज्य संघले जनाएको छ । संघका सहसचिव महेश खालिङका अनुसार सहजरूपमा खाद्यान्न ढुवानी भएको हुँदा समस्या छैन । केही सामग्रीमा कम्पनीबाट मूल्य वृद्धि भएर आएबाहेकको समस्या तत्कालका लागि नभएको उनको भनाइ छ ।
देशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग हाल १० हजार ३३२ मेट्रिकटन चामल मौज्दात रहेको जनाइएको छ । छ महिनाका लागि खाद्यान्न र नौ महिना पुग्ने नुन मौज्दात रहेकाले नआतिन आग्रह गरिएको छ । यद्यपि ढुवानी असहज भएको भन्दै मृल्य वृद्धि गर्नेहरुको कमी नभएको अवस्थामा बजार अनुगमन भने आवश्यक रहेको स्थानीयवासी दोर्जी शेर्पाको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार