चितवनमा संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघ्यो
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार १५:२५:२९
१२ जेठ, चितवन । जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका हुन् । स्वास्थ्य कार्यालय चितवनका तथ्याङ्क अधिकृत गीताञ्जली ढकालका अनुसार हालसम्म जिल्लामा २०६ जनाको मृत्यु भएको छ ।
तीमध्ये भरतपुर महानगरपालिका १३१ को मृत्यु भएको हो । यस्तै खैरहनी नगरपालिकाका ११, माडी नगरपालिकाका सात, रत्ननगर नगरपालिकाका २४, राप्ती नगरपालिकाका १८, कालिका नगरपालिकाका १३ र इच्छाकामना गाउँपालिकाका दुई जनाको कोरोनाका कारण मृत्यु भएको हो । जिल्लाका विभिन्न अस्पताल र होमआइसोलेशनमा उनीहरुको मृत्यु भएको हो ।
जिल्लाका अस्पतालहरुमा बाहिरी जिल्लाबाट उपचार गर्न आउने संक्रमितको सङ्ख्यामा पनि ठूलो रहेकको छ । उपचारका लागि बाहिरी जिल्लाबाट आएकाहरुमा २६४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जिल्ला र बाहिरी जिल्लाका मृतकमध्ये ३२८ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । व्यवस्थापन गरिएका शव परिवारको सल्लाहमा पारिवारिक संस्कारअनुसार जलाउने वा गाड्ने गरिएको छ । मृतकमध्ये १३३ जनाको शव भने परिवारले नै व्यवस्थापन गरेका छन् ।
जिल्लामा हालसम्म १२ हजार ९७५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये चार हजार ८३४ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये चार हजार ६५८ होमआइसोलेशनमा उपचाररत रहेका छन् भने १६२ अस्पतालमा र १४ जना सामुदायिक आइसोलेशनमा रहेको ढकालले जानकारी दिए । उनका अनुसार सात हजार ९३५ जनाले कोरोना संक्रमण जितेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
चुनढुंगा उत्खननमा उद्योगीहरुको बदमासी, मुरारका ४ लाख तिरेर छुटे, अरु अनुसन्धानमा
मंसिर ४, २०८१ मंगलबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार