पोखराको रानीवनमा अब रतुवा मृग हेर्न पाइने

नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार १५:५१:३९

१२ जेठ,गण्डकी । पर्यटकीय नगरी पोखराको विश्व शान्ति जैविक विविधता उद्यान रानीवनस्थित वन्यजन्तु उद्धार केन्द्रमा रतुवा मृग हेर्न पाइने भएको छ । फेवाताल किनारास्थित फेवा सबडिभिजन वन कार्यालयको हातामा निर्माण गरिएको उद्धार केन्द्रमा गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री विकास लम्सालले सोमबार एक जोडी रतुवा मृग छाडेका हुन् । तनहुँ जिल्लाबाट उद्धार गरिएको डेढ वर्षको पोथी र लगभग सात वर्षको भाले उक्त जोडी रतुवा मृग लेखनाथको पचघैयास्थित वन्यजन्तु उद्धार केन्द्रबाट ल्याइएको हो ।
डिभिजन वन कार्यालय कास्कीले रु १८ लाखको लागतमा रानीवनमा निर्माण सम्पन्न गरेको सो वन्यजन्तु उद्धार केन्द्र हालै सञ्चालमा ल्याएको हो । वन्यजन्तु उद्धार केन्द्रलाई व्यवस्थित बनाइने बताउँदै मन्त्री लम्सालले प्रदेशभित्रका विभिन्न दुर्लभ जीवजन्तुलाई संरक्षण गर्दै यहाँ आउने पर्यटकले देख्न पाउने गरी व्यवस्थित गर्दै लगिने जानकारी दिए ।
उद्धार केन्द्रलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यसका लागि सम्बद्ध निकायले पनि उत्तिकै चासो दिनुपर्नेमा ध्यानाकर्षण गराए । “प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा वन्यजन्तु उद्धार केन्द्र निर्माण गर्ने मन्त्रालयको योजना रहेको छ”, उनले भने, “अब प्राणी उद्धार केन्द्रमा उपचार गरिएका वन्यजन्तु बाहिर नपठाई प्रदेशभित्रै व्यवस्थापन गरिने छ ।”
मुलुकका सामुदायिक वन समूहलाई समेत विभिन्न वन्यजन्तुको प्रजनन्स्थलका रूपमा विकास गरिने तयारी भइरहेको भन्दै उनले वन्यजन्तुलाई घेराभित्र नभई प्राकृतिकरूपमै प्रजनन तथा हुर्कने वातावरण बनाउँदै वन वातावरणको संरक्षणसँगै पर्यापर्यटन विकासमा जोड दिइने बताए । डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले वन तथा वन्यजन्तु संरक्षणका लागि आवश्यक पूर्वाधार, प्रविधि एवं जनशक्तिको अभाव रहेको बताउँदै आवश्यक व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।
उक्त स्थानमा स्थापित नर्सरीमा विभिन्न जातका ३० हजार बिरुवा उत्पादन भइरहेको बताउँदै उनले रु चार लाखको लागतमा वन रक्षाका लागि निर्माण गरिएका जीर्ण भवनको मर्मत गरिएको जानकारी दिए । पचघैया प्राणी उद्धार केन्द्रका व्यवस्थापक विनय अधिकारीका अनुसार उद्धार केन्द्रमा हाल १५ वटा रतुवा मृगसहित चरिबाघ, वन बिरोलो, हुचिल, गिद्ध नीलगाई, स्याल, पानी र सुक्खामा पाइने कछुवालगायतका विभिन्न १८ प्रजातिका वन्यजन्तु रहेका छन् । केन्द्रमा घाइते वन्यजन्तुको उद्धारका लागि एउटा एम्बुलेन्ससमेत व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार