लुम्बिनीलाई विश्व शान्ति शहरका रूपमा विकास गर्नुपर्नेमा जोड
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार १७:२२:३१
१२ जेठ,काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धको २५६५औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धमार्गी एवं शान्ति र अहिंसाप्रेमी समुदायमा शुभकामना व्यक्त गरेका छन् । बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पु¥याएको योगदानलाई मनन गरी सन् १९९९ देखि यस दिनलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय वैशाख दिवसका रूपमा मनाउँदै आएको बताएका छन् ।
महामानव, विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता सिद्धार्थ गौतम बुद्धलाई मानव जातिले भगवान्का रूपमा समेत मान्ने गरेको उल्लखे गर्दै उनले बुद्धप्रति उच्च आदार तथा सम्मान व्यक्त गरेका छन् । बुद्धको जन्मस्थान, बुद्ध धर्म र बुद्ध दर्शनको उद्गम थलो हो भन्दै अध्यक्ष तिमिल्सिनाले जसका कारण नेपालको अन्तरराष्ट्रिय प्रतिष्ठा, प्रख्याति बढ्दै गएको बताएका छन् । “लुम्बिनीलाई विश्व शान्ति शहरका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्दै संसारभरका बुद्धमार्गी तथा पर्यटकलाई आकर्षण गर्न सरकारको ध्यान जान जरुरी छ”, उनले भनेका छन् ।
यसैगरी, राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले पनि बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै बुद्धका ज्ञानले विश्वलाई शान्ति र सत्मार्गको बाटोमा हिँड्न मार्गदर्शन गरेको बताएका छन् । सत्य, न्याय, त्याग र दुःखको निवारणजस्ता बुद्धका महत्वपूर्ण मार्गदर्शनलाई पछ्याउन सक्ने हो भने नेपालीहरूबीचको एकता झनै सुदृढ र बलियो हुने उनको विश्वास रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार