आज खग्रास चन्द्रग्रहण लाग्दै, ब्लड मुन र सुपर मुन एकसाथ देखिने
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार १७:२८:११
१२ जेठ, काठमाडौं । आज बुधबार दुई अन्तरिक्ष घटना हुँदैछन्। आज पृथ्वीबाट चन्द्रमा यो वर्षकै नजिकको दूरीमा आउँदै छ। त्यस्तै आज नै खग्रास चन्द्रग्रहण लाग्दै छ। आज ६ वर्षपछि यी दुवै घटना एकसाथ सम्भव हुन लागेका हुन्।
पृथ्वीबाट यो वर्षकै सबैभन्दा नजिक आएको चन्द्रमाको आकृति सधैँको तुलनामा ठूलो देखिने गर्दछ। विरलै मात्र देखिने यस्तै दृश्यलाई वैज्ञानिक भाषामा सुपर मुन भन्ने गरिन्छ। सामान्यतः यो दिन अन्य दिनको तुलनामा चन्द्रमा केही चम्किलो देखिन्छ।
आज पृथ्वी र सूर्यबीचको दूरी तीन लाख ६० हजार किलोमिटर हुनेछ। पृथ्वीबाट सबैभन्दा टाढा भएको अवस्थामा चन्द्रमासँगको दूरी चार लाख पाँच हजार किलोमिटर रहन्छन्। त्यस्तै आज साँझ खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। सूर्य र चन्द्रको बीचमा पृथ्वी भएको अवस्थामा तीन आकाशीय पिण्ड एकै साल रेखामा परेको अवस्थामा चन्द्रग्रहण लाग्ने गरेको छ।
पूर्णिमामा लाग्ने चन्द्रग्रहण पृथ्वीको छायाँ सूर्यमा पर्दा पृथ्वीबाट चन्द्रमाको सतहमा छायाँ परेपछि देखिन्छ। यदि चन्द्रमाको पूरै सतहमा छायाँ परेमा त्यस्तो ग्रहणलाई खग्रास चन्द्रग्रहण भन्ने गरिन्छ। त्यही खग्रास चन्द्रग्रहणलाई ब्लड मुन पनि भन्ने गरिन्छ। यो २०१९ पछिको पहिलो ब्लड मुन हो।
साथै यो वर्षको एकमात्र खग्रास चन्द्रग्रहण हो। तर, नेपालबाट सुपर मुन देखिए पनि ब्लडमुन भने नदेखिने नेपाल एस्ट्रोनोमिकनल सोसाइटीले जनाएकाे छ । छायाँका दुई प्रकार हुन्छन्। एउटा सघन छायाँ र अर्को विरल छायाँ। नेपालबाट विरल छायाँ देखिन्छ त्यसको अर्थ नेपालबाट ब्लड मुन देखिँदैन भन्ने हो। ब्लडमुनका लागि चन्द्रमाको पूरा सहतमा सघन छायाँ पर्नुपर्छ।
त्यसो त नेपालमा साँझ ६ बजेर ५३ मिनेटमा देखिन सुरु भएको ग्रहण ७ बजेर ३४ मिनेटमा सकिने छ। ‘यदि त्यो समयमा नेपालबाट चन्द्रमा रातो देखिए वा ब्लडमुन जस्तो देखिए मौसमको प्रभावका कारण मात्र हो । नेपालबाट चन्द्रमा उदाएपछिको ४१ मिनेटसम्म ग्रहण देखिन सक्ने छ। त्यो विरल छायाँ मात्र हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार
बिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार