पर्यटनमन्त्री ढकालद्वारा बुद्धजयन्तीको शुभकामना व्यक्त
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार १७:४८:३२
१२ जेठ,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले २५६५औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस २०७८ को उपलक्षमा शुभकामना सन्देश दिदै विश्वभरका बौद्धमार्गी एवं शान्ति तथा अहिंसाप्रेमी सम्पूर्ण दादुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
मन्त्री ढकालले नेपालमा जन्मेका बुद्ध बौद्ध धर्मावलम्बीका लागि मात्र नभएर विश्वभरि नै उनी आदर्शका रूपमा स्थापित भएको सोही कारण आज लुम्बिनी विश्व सम्पदा क्षेत्रमा सूचीकृत भई विश्व शान्ति भूमिका रूपमा विश्वभर प्रसिद्ध भएको बताए । महामानव गौतम बुद्धको जन्म इशापूर्व ६२३ को वैशाख शुक्ल पूर्णिमाका दिन राजा शुद्धोधन तथा रानी मायादेवीको सुपुत्रको रूपमा नेपालको लुम्बिनीमा भएको थियो । उनले नेपाली भूमिमा जन्मिएर विश्वलाई सत्य, शान्ति र अहिंसाको मार्गतर्फ डो¥याएका छन् ।
पर्यटनमन्त्री ढकालले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक बौद्ध सम्पदाहरुको वैज्ञानिक अन्वेषण, उत्खनन र संरक्षणका कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउँदै स्थानीय जनताहरूको हितमा बृहत्तर लुम्बिनी क्षेत्रको समग्र विकासको गुरुयोजना तयार गर्ने र प्राचीन कपिलवस्तु राज्यको दरबार क्षेत्र रहेको तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि नेपाल सरकार क्रियाशील रहेको बताएका छन् । उनले विश्वका करोडौँ बौद्धमार्गी तथा शान्तिप्रेमीहरूको आस्थाको केन्द्र लुम्बिनीको विकास र प्रवद्र्धनका लागि संयुक्त राष्ट्रसङ्घको सहयोगमा तयार भएको लुम्बिनी गुरुयोजना आगामी दुई वर्षमा पूरा गर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने योजना रहेको जनाएका छन् ।
“कोभिड–१९ महामारीका कारण यस वर्षको बुद्धजयन्ती एवं लुम्बिनी दिवस हामी पूर्णतः निषेधाज्ञाका बीच मनाउनुपर्ने बाध्यात्मक अवस्थामा छौँ । यस अवसरमा लुम्बिनीमा उपलब्ध श्रद्धेय भिक्षु, भिक्षुणी, लामा गुरु, गुरुमालगायतलाई सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी बुद्ध पूजा, परित्राण पाठ र दीप प्रज्वलन गरी मनाउन अनुरोध गर्दछु । अन्य सम्पूर्ण श्रद्धेय भिक्षु, भिक्षुणी, लामागुरु, गुरुमा र उपासक–उपासिकाहरूलाई पनि स्वास्थ्य मापदण्डहरूको पालना गर्दै आ–आफ्नो स्थानमा बुद्ध धर्म र सङ्घको गुणस्मरणका साथ बुद्धजयन्ती मनाउन हुन हार्दिक अनुरोध गर्दछु”, सन्देशमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार