आँधीखोला यूथ कांग्रेसले शुरु गर्यो निशुल्क एम्बुलेन्स सेवा
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार २०:४:५८
१२ जेठ, स्याङ्जा । कोरोना भाइरस पीडित गरिब, असाहय, अशक्त आँधीखोला गाउँपालिकाका जनतालाई स्याङ्जा तथा पोखराका विभिन्न अस्पतालहरुमा ओसारपसार गर्ने उद्देश्यले आँधीखोला यूथ कांग्रेसले निशुल्क एम्बुलेन्स सेवाको शुरुवात गरेका छन् ।
यसअघि यहाँ भुपु सैनिक संघको पहलमा भारतले सहयोग स्वरुप दिएको एम्बुलेन्सले जनही रु १५ सय रुपैयाँ लिएर सेवा दिदै आएको थियो । हिजोदखि नेपाली कांग्रेस आँधीखोला कार्य समितिले तरुण दल तथा नेबिसंघका युवाहरुलाई समेटी विभिन्न दाताहरुको सहयोगमा बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।
देशभर संक्रमणको गति बढिरहेका बेलामा स्याङ्जा पनि निरन्तर सङक्रमणको चपेटामा परेको छ । स्याङ्जा जिल्लामा कोरोना संक्रमण दरउच्च हुनु, एकैदिन सयौंजनालाई संक्रमण देखिनुले गण्डकी प्रदेशमै सबैभन्दा बढी मृत्यु स्याङ्जामै भइरहेको छ । स्याङ्जाका विभिन्न ठाउँहरुमा संक्रमण तीव्र रुपमा समुदाय स्तरमै फैलिईसकेकाले सर्वत्र चिन्ता छाईरहेको छ । यही अवस्थालाई मध्यनजर गरेर आँधीखोला युथ कांग्रेसले हिजोबाट निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको जनाएको छ ।
आँधीखोला गाउँपालिकाको एम्बुलेन्स सेवा चलिरहँदा त्यसले मात्र बिरामी बोक्न अपर्याप्त महसुस भइरहेका बेलामा नेपाली कांग्रेस आँधीखोला गाउँपालिका कार्यसमिति, तरुण दल र नेबिसंघको समन्वयमा केही उत्साही युवाहरुले सामाजिक सञ्जालमार्फत् अभियान चलाउँदै कोभिड लक्षित अस्थायी एम्बुलेन्सको सुरुवात गरेका हुन् ।
हिजो आँधीखोला–५ को जुग्ले बजारमा नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार रानाले एम्बुलेन्सको साँचो ड्राइभरलाई हस्तान्तरण गरेर एम्बुलेन्स सेवाको शुभारम्भ गरेका थिए । शुभारम्भ कार्यक्रममा कार्यवाहक सभापति रानासहित नेपाली कांग्रेस आँधीखोला गाउँपालिकाका सभापति नारायणप्रसाद पौडेल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रेम पौडैल, प्रजातान्त्रिक बुद्धिजीवी संघका केन्द्रीय सदस्य बद्रीकुमार पौडेल, शिक्षक नेता युवराज ढकाल, स्कुल अफ डेमोक्रेसीका अध्यक्ष इन्जिनियर अनुप श्रेष्ठ, नेबिसंघ पूर्व केन्द्रीय सदस्य दीपेन्द्र खड्का, तरुण दलका नेता बिमल लामिछाने, कृष्ण अमृत, बिष्णु पौडेल, दीलिप सापकोटा, गणेश सुवेदी विष्णुप्रसाद लामिछाने, शान्ति ,द्रौपदी, देउमाया गौतम लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
आँधीखोला गाउँपालिकाबाट पोखरा वा स्याङ्जा लैजानुपर्ने सबै बिरामीलाई निशुल्क सेवादिने उद्देश्यले युवाहरुद्वारा चलाइएको यो अभियानमा देश विदेशमा बस्ने लोकतन्त्रवादी कांग्रेस युवाहरुको साथ रहेको प्रजातान्त्रिक बुद्धिजीवी संघका केन्द्रीय सदस्य बद्रीकुमार पौडेलले बताए ।
कोभिडको संक्रमण बढ्दा सवारी साधन अभावकै कारण कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यले आफूजस्ता युवा साथीहरुले यो अभियानको नेतृत्व गरेको तरुण दल आँधीखोलाका नेता तथा यस अभियानका अभियन्ता अमृत क्षेत्रीले बताए । गाउँपालिकामा हाल भएको एम्बुलेन्सको खर्च तिर्न नसक्ने मानिसहरुलाई लक्षित गरेर सेवाप्रदान गरिएको यस अभियानमा निरन्तर खटिरहेका युथ कांग्रेसका अभियन्ता कृष्ण क्षेत्री ‘अमृत’ले बताए ।
आँधीखोलाका बिरामीलाई लैजाने ठाउँ भनेको स्याङ्जा अस्पताल कि पोखरा हो । यातायात बन्द भएका बेलामा विपन्न वर्गका बिरामीलाई समयमै अस्पतालसम्म निशुल्कमा पु¥याएर जीवनबचाउन सकिन्छ कि भन्ने पवित्र भावनाका साथ यस अभियानमा आफूहरु जुटेको स्कुल अफ डेमोक्रेसी आँधीखोला संयोजक अनिल ढकालले बताए ।
‘कोभिडको दोस्रो लहर अझै केही समय रहँदै जाँदा बिरामीहरु थपिँदै जाने र यातायातमा समस्या देखिन सक्ने ठानेर हामीले निशुल्क एम्बुलेन्स अभियानको सुरुवात गरेका छौँ । यसका लागि हामीले अहिलेसम्म नेपाली कांग्रेससँग सम्बन्धित व्यक्तिहरुसँग मात्र सहयोग मागेका छौँ ।’ अर्का अभियन्ता तथा तरुण दल आँधीखोलाका उपाध्यक्ष दिलीपराज सापकोटा ‘दिलु’ ले भने । उनले भने, ’हामीले गाउँपालिकासँग पनि समन्वय गरेर अस्थायी एम्बुलेन्स सेवालाई अझै प्रभावकारी बनाउँछौँ ।’ गाउँपालिकाले सन्चालन गरेको एम्बुलेन्सले विशेष गरी कोभिड लक्षित बिरामीहरु बोकिरहेका सन्दर्भमा यसले यस अविधमाहुने अन्य बिरामीहरुलाई पनि सेवा दिने युथ कांग्रेसका अभियन्ताहरुले बताएका छन् ।
आज जेठ ११ गते आँधीखोला गाउँपालिका वडा नं ५ को जुग्लेबाट युथ कांग्रेसको एम्बुलेन्स सेवाप्रारम्भ भएको छ । अफ्ठ्यारो पर्दा चौबिसै घण्टा सेवा दिइने भएकाले बिरामीले जुनसुकै बेलापनि सम्पर्क गर्न सकिने अभियन्ताहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु सात प्रहरी अपहरण
मंसिर ४, २०८१ मंगलबार
भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
चुनढुंगा उत्खननमा उद्योगीहरुको बदमासी, मुरारका ४ लाख तिरेर छुटे, अरु अनुसन्धानमा
मंसिर ४, २०८१ मंगलबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार