जीवन बीमा गर्दै हुनुहुन्छ ? ग्राहकले नपत्याएको र कमजोर जीवन बीमा कम्पनी कुन हाे ?
आर्थिक संवाददाता
जेठ १२, २०७८ बुधबार २२:२०:३८
१२ जेठ, काठमाडाैं । नेपालका जीवन बीमा कम्पनीहरू मध्ये सबैभन्दा कमजोर जीवन बीमा कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो नाम टिपाउँदै आएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले चैत्र महिनासम्म १ अर्ब पनि बीमा शुल्क आर्जन गर्न सकेको छैन् ।
संचालनमा रहेका बाँकी १८ जीवन बीमा कम्पनीले १ अर्ब माथि प्रिमियम संकलन गर्न सफल हुँदा महालक्ष्मी लाइफले भने जम्मा ७८ करोड मात्र प्रिमियम संकलन गर्न सकेको छ ।
बीमा शुल्क थोरै मात्र संकलन गर्न सकेको यो जीवन बीमा कम्पनीले प्रतिस्पर्धी बीमा कम्पनीहरुले जस्तो ग्राहकको विश्वास जित्न सकेको छैन् । अन्य जीवन बीमा कम्पनी भन्दा कमजोर तथा “कस्मेटिक” बीमा योजना ल्याएको कारण सुरुसुरुमा ग्राहकले यस बीमा कम्पनीप्रति विश्वास गरेको तर पछि भने ग्राहकले विस्तारै थाहा पाउँदै अन्य बीमा कम्पनीहरूलाई ताक्दै आएको यस क्षेत्रका जानकारहरू बताउँछन ।
यस क्षेत्रका केही अब्बल अभिकर्ताले पनि यस कम्पनी छोड्दै अन्य बीमा कम्पनीलाई ताकेको देख्न सकिन्छ। तर उच्च व्यवस्थापन भने आफुले आफैलाई मार्केटिङ्ग गर्न रमाएको देखिन्छ ।
सञ्चालक समिति:-
आकर्षक, सबल र दीर्घकालसम्म लगानीकर्तालाई लाभ दिने बीमा पोलिसी ल्याउन नसक्नु, अभिकर्ताको हक हित संरक्षण तिर नलागेको कारणले गर्दा यस बीमा कम्पनीप्रति लगानीकर्ताको भरोसा गुम्दै गएको छ ।
कम्पनीको संचालक समितिको अध्यक्ष्यमा मनोरन्जनरमण श्रेष्ठ छन् भने अन्य संचालकमा सुरेश सापकोटा, उमेश लाल श्रेष्ठ, विश्व चन्द्र घिमिरे, सम्झना अर्याल र स्वतन्त्र संचालकमा रवी राज भट्टराई कार्यरत छन्। त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टाराई छन्।
महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत कम्पनी भन्दा पनि अरु नै व्यापारको प्रमोसन तर्फ ध्यान दिएको पाइएको छ । सबै भन्दा माथिल्लो तहमा कार्यरत हुँदा हुँदै हायर मी नेपाल, हेरचार जस्ता स्टार्टअपको विस्तारमा केन्द्रित भएको देख्न सकिन्छ ।
उच्च व्यवस्थापन:- कसरी भयो सबैभन्दा कमजोर ?
जगेडा कोष सबैभन्दा कमजोर !
१९ जीवन बीमा कम्पनी मध्य महालक्ष्मी लाइफ इन्स्योरेन्सको जगेडामा सबैभन्दा थोरै रकम रहेको छ । महालक्ष्मीको जगेडा काेषमा जम्मा १६ करोड रकम छ । महालक्ष्मी भन्दा माथि रिलायन्स लाइफ माथि रहेको छ । रिलायन्सको जगेडामा २० करोड रूपैयाँ छ ।
जीवन बीमा कोष सबैभन्दा कमजोर !
महालक्ष्मी लाइफको जीवन बीमा कोषमा सबैभन्दा थोरै १ अर्ब ३३ करोड रकम छ । महालक्ष्मी भन्दा माथि प्रभुको जीवन बीमा कोषमा १ अर्ब ७६ करोड छ ।
व्यापारमा सबैभन्दा कमजाेर !
महालक्ष्मी लाइफले ९ महिनामा ७८ करोड मात्र प्रिमियम संकलन गरेको छ भने महालक्ष्मी भन्दा माथि प्रभु लाइफ रहेको छ । प्रभुले १ अर्ब माथि प्रिमियम संकलन गरेको छ ।
भुक्तानी शत प्रतिशत गर्न असफल !
५ जीवन बीमा कम्पनीहरुले ग्राहकलाई शत प्रतिशत दावी भुक्तानी गरेका छन् तर निकै सानो व्यापार भएको महालक्ष्मी लाइफले भने ८ लाख ७० हजार बराबरको दावी अझै भुक्तानी गर्न बाँकी छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
सानिमा रिलायन्स लाईफको दुई दिने आवासीय तालिम सम्पन्न
असोज १७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार