टालटुल, ढाकछोप समाधान होइन, दीर्घ समाधान खोज्नु जरुरी छ : राणा
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बिहिबार ०:१९:९
१२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले कथित परिवर्तनका संवाहकको सत्तास्वार्थ र मनपरीले संविधान र लोकतन्त्र संकटग्रस्त भएको बताएका छन् ।
राप्रपा अध्यक्ष राणाले सबै मिलेर आधुनिक नेपाल निर्माण यताको गौरव र एकता कायम राख्नु पर्ने बताएका छन् । वैशाख ११ तर्फ फर्केर १२ बुँदे सहमतिको जडबाट दीर्घ समाधान खोज्नु पर्नेमा उनले जोड दिएका छन् । सामान्य टालटुल र ढाकछोपले विद्यमान संकट समाधान नहुने उनको भनाइ छ ।
‘कथित परिवर्तनका संवाहकको सत्तास्वार्थ र मनपरीले राज्य व्यवस्थाप्रति जनताको विश्वास टुटेको छ,’ बुद्ध जयन्ती, बाबा गोरखनाथ जयन्ती र उभौलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राणाले बुधबार भने ।
‘आफूलाई विधीभन्दा माथि राख्ने प्रवृतिले संविधान, लोकतन्त्र संकटमा छ । टालटुल, ढाकछोप समाधान होइन । यसर्थ वैशाख ११ तर्फ फर्केर १२ बुँदेकै जडबाट दीर्घ समाधान खोज्नु जरुरी छ ।’
शान्तिका अग्रदुत बुद्धको शरणमा सम्राट अशोकले शान्ति, सौर्य प्राप्त गरेको दृष्टान्त प्रस्तुत गर्दै राणाले भने, ‘कलिंगाको युद्धबाट अशोकको मन परिवर्तन भएझैं बुद्ध जयन्ती, बाबा गोरखनाथ जयन्ती र उभौलीको अवसरमा अहम, आग्रह त्याग्ने, सबै नेपाली मिलेर आधुनिक नेपाल निर्माण यताको गौरव, एकता कायम गर्ने ज्ञान प्राप्त होस् । मंगलमय शुभकामना ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
प्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार