‘हेलो विर्घा’ महासंकटमा जुटौ
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बिहिबार १:४३:१२
१२ जेठ, काठमाडौं । सामाजिक सञ्जाललाई सहि सदुपयोग गरियो भने सामाजिक विकासमा टेवा पुग्ने उदाहरण देखिएको छ । स्याङजाको कालिगण्डकी गाँउपालिका बिर्घाका युवाहरुले यसको उदाहरण देखाएका छन् । गाँउमा व्यवस्थित र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि यहाँका युवाहरुले शुरु गरेको सामाजिक सञ्जाल फेसबुक अभियान सफल उदाहरण हो ।
युवाहरुले “बिर्घामा अस्पताल समय मै उपचार” भन्ने नारासहित शुरु गरेको फेसबुक मार्फत सहयोग आब्ह्रान अभियानले एक हप्तामा नै नगद ८ लाख र लाखौंका समाग्री संकलन भएको छ । कोरोना भारइरसको दोस्रो भेरियन्ट शुरु भएसँगै जिल्लाका शहरी क्षेत्रमा भन्दा गाँउमा सक्रमणको दर बढेको तथ्याङ्कले देखाएको छ ।
कोरोनाको संक्रमण छल्न गाँउ आएका युवाहरु गाँउको स्वास्थ्य चौकीलाई व्यवस्थित बनाउन फेसबुक मार्फत सहयोग आब्ह्रान गरेको अभियान्ता अनन्त पाण्डेले बताए । गाँउमा ठूलो स्वाथ्यचौकीको भवन त भयो तर प्रभावकारी स्वास्थ्य सेवा र सामाग्री नभएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग आब्ह्रान गरेका थियौं पाण्डेले भने । कोरोना संक्रमण बढ्दो छ, गाँउको स्वास्थ्य चौकीमा सामाग्री अभाव छ, यसको जोहो गर्न देश बिदेशमा बसेका दाजुभाईलाई फेसबुक मार्फत सहयोगको अपेक्षा राखेका थियौ सबैबाट सहयोग जुटाउन सफल भएको पाण्डेको भनाई छ । सहयोग आउने क्रम अझै जारी रहेको अभियान्ताहरु ब्ताउछन् ।
विर्घा स्वास्थ्य चौकीलाई तत्काल कोभिड–१९ का विरामीको उपचार गर्न सक्षम बनाउने गरी कम्तीमा २५ ओटा अक्सिजन सहितको शैया, सामान्य रोगको पहिचान गर्नसक्ने प्रयोगशाला, एक्स–रे मेसिन लगायत अन्य आवश्यक मेडिकल सामग्री जुटाउने अभियान अन्तरगत हेलो बिर्घा नामक फेसबुक समूह बनाएका थिए । अभियान अन्तरगत प्राप्त भएका नगद तथा सामाग्रीहरुको बिबरण हेलो बिर्घा फेसबुक पेज मार्फत नै सार्वजनिक गरेरिएको छ । युवाहरुले कोरोना संक्रमणको प्रभाव कम होस् भन्दै स्वास्थ्यचौकीको सरसफाई तथा व्यवस्थापनको काम समेत निरन्तर गरिरहेका छन् ।
गाँउ गाँउमा सक्रमण बढिरहेको अवस्थामा गाँउमा नै व्यवस्थित अस्पताल बनाउने अभियानलाई सार्थकता प्रदान गर्न गृह मन्त्राालयका सहसचिव तथा कोरोना नियन्त्रण केन्द्रिय समिति सिसिएसीका सदस्य टोकराज पाण्डेले समेत यसको सहजीकरण गरिरहेको उनीहरुले बताएका छन् । अहिले सम्म ठूलो तथा सानो साईजको बेडहरु,अक्सिनज सिलिन्डरहरु, अक्सिजन कन्सन्ट्रेटर मेसिन, नेवुलाईजर,पीपीई लगायतका महत्वपूर्ण सामाग्रीहरु हेलो विर्घा नामक फेसबुक मार्फत प्राप्त भएको बताइएको छ ।
कोरोना संक्रमणको यो महामारीका बेला स्वास्थ्य सामाग्रीमा देखिएको यो संकटलाई समाधान गर्न यहाँका युवाले चलाएको फेसबुक अभियान महत्वपूर्ण मानिएको छ । तिन तहका सरकारले समेत यो संकटलाई थेग्न नसकेका बेला युवाहरुले सामाजिक दायीत्व निर्वाह गरेकोमा स्थानीयहरु प्नि खुशी भएको संघिय सांसद मोहोन प्रसाद पाण्डेले बताए । सामाजिक भावना बोकेर हिडेमा सफलता भइन्छ भन्ने उदाहरण यहाँका युवाले प्रस्तुत गरेको सांसद पाण्डेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
हरिणी अमरसूर्या श्रीलंकाको प्रधानमन्त्रीमा पुन नियुक्त
मंसिर ४, २०८१ मंगलबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
सानिमा बैंकको एजीएम आज, ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दै
मंसिर ४, २०८१ मंगलबार
बजार खुल्नासाथ ३ करोड ८० लाखको शेयर कारोबार
मंसिर ४, २०८१ मंगलबार
हङकङमा ४७ प्रजातन्त्र समर्थक कार्यकर्तालाई जेल सजाय
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार