भोलीदेखि किराना पसलबन्द हुने भएपछि बिहानैदेखि पसलमा उपभोक्ताको भिड

नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १३:२८:१५

१३ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका किरानामा पसलहरुमा बिहानैदेखि भिडभाड देखिएको छ । भोलिदेखि किराना पसल र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष १ साताका लागि बन्द गरिने भएपछि एकसाताका लागि खाध्यबस्तुको खरिदकालागि त्यस्ता पसलमा सर्वसाधरणहरुको भिडभाड बढेको हो ।
तीनसाता लामो निषेधाज्ञाबीच राजधानीमा कोरोना संक्रमण कम नभएपछि काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले उपत्यकाका किराना पसल र डिपार्टमेन्ट स्टोर पनि एक साताका लागि (जेठ १४ देखि २०) गतेसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
आवश्यक खाध्याबस्तु जोहो गर्न दुई दिनका लागि सयम दिएका कारण पनि किरानापसलहरुमा भिड बढेको हो । तरकारी किन्ने पसल खुला राख्ने तर चामल र दाल किन्ने पसल बन्द गर्नु निर्णय ठिक नभएको भनि कतिपयले प्रशासनको यो निर्णयको आलोचना गरिरहँदा प्रशासनकार्यलयहरुले भने किराना पसलहरुबाट सक्रमण बढि फैलिएको र मापदण्डको पालना नगरिएको पाइएका कारण चेन ब्रेक गर्न पनि कम्तिमा १ साता बन्द गर्नुपरेको बताएका छन् ।
त्यसै गरी उपत्यकामा भोलीदेखि विकास निर्माण गतिविधिपनि सरकारी कार्यकालयका सवारी साधानमा मानिसहरुको हिडडुल पनि पूर्ण रोक लगाउने र अतिआवश्क स्वास्थ्य सुरक्षा र संचार लगायतका सार्वजनिक सेवा बाहेक अन्य सरकारी एव निजीसेवा संचालनमा नगरिने र निषेधाज्ञालाई थप कडाई गर्दै लगिने भएको छ। उलंघन गर्नेलाई अध्यादेश अनुसार कारवाही गरिने भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार
म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि
फागुन १४, २०८१ बुधबार