कोरोनाले सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको ज्यान गयो
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १४:३६:४४
१३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लको कोरोनाका कारण निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।
लामो समयदेखि निमोनियाले पीडित मल्ललाई कोरोना संक्रमण देखिएपछि निदान अस्पताल,ललितपुरमा भर्ना गरिएको थियो। उपचारको क्रममा आज बिहान ७ बजे उनको निधन भएको बताइएकाे छ ।
पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका उनी कांग्रेसमा प्रवेश गरेका थिए। मल्ल २०७४ सालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका थिए। उनलाई २०७६ सालको कार्तिकमा पदमुक्त गरिएको थियो।
मल्ल २०२८ सालमा डोटी बोगटानअन्तर्गत पन्डौंन गाउँ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष, २०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार भएका थिए। भजनी नगरपालिका निवासी मल्लका १ छोरा र १ छोरी छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
सानिमा बैंकको एजीएम आज, ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दै
मंसिर ४, २०८१ मंगलबार
बजार खुल्नासाथ ३ करोड ८० लाखको शेयर कारोबार
मंसिर ४, २०८१ मंगलबार
हङकङमा ४७ प्रजातन्त्र समर्थक कार्यकर्तालाई जेल सजाय
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार