मतदाता रिझाउने कार्यक्रमका लागि बजेटमा आन्तरिक ऋणको सीमा बढाइने
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १८:३९:६
१३ जेठ, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक बर्ष २०७८/०७९ का संघ, प्रदेश र स्थानीय तहले लिने आन्तरिक ऋणको सीमा ५.५ देखि १२ प्रतिशतसम्म गर्न सिफारिस गरेको छ । वित्त आयोगले आउदो आर्थिक बर्षको बजेट निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहका लागि ऋणको सीमा फरक फरक सिफारिस गरेको हाे ।
वित्त आयोगको सिफारिस बीच चुनाव लक्षित कार्यक्रमको स्रोत ब्यवस्थापनमा समस्या पर्ने भएपछि सरकारले आगामी बजेटमा आन्तरिक ऋणको सीमा बढाउने तयारी गरेको छ ।
आयोगले संघीय सरकाले ऋणको अवस्था र बजारको स्थीति समेत विश्लेषण गरी आर्थिक बर्ष २०७८।०७९ को कूल ग्रार्हस्थ्य उत्पादको ५ दशमल ५ नबढने गरी ऋण उठाउन सिफारिस गरेको छ । अन्तराष्ट्रिय अभ्यास आन्तरिक ऋृणको सीमा कूल गार्हस्थ्य उत्पादको ५ प्रतिशतको सीमा भित्रै कायम गर्नुपर्ने भएपनि कोरना महामारी कोभिड १९ को असरले आगामी आर्थिक बर्षमा आन्तरिक आय सङ्कुचन हुन सक्ने आयोगको अनुमान छ ।
संभावित प्रकोप ब्यवस्थापन तथा सेवा क्षेत्रलाई चलयामान बनाइराख्न समेत आवश्यक पर्ने थप स्रोतको ब्यवस्थापनका लागि आन्तरिक ऋृणको सीमा कुल गार्हस्थ्य उत्पादनको ५ दशमल ५ प्रतिश कायम गर्नुपर्ने वाध्यता रहेको वित्त आयोगले जनाएको छ।
त्यसैगरी प्रदेश सरकारले भने नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट र प्रदेश सरकारकोआफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजश्वको योगफलको १२ प्रतिशत नबढने गरी आन्तरिक ऋृण उठान सक्ने सिफारिस गरेको छ । यता स्थानीय तहका सरकारले पनि नेपाल सरकार र प्रदेश सरकारले राजस्व बाँडफाँट र स्थानीयतहको आफ्नो आन्दीको स्रोतबाट प्राप्त हुने राजस्वको योगफलको १२ प्रतिशत नबढने गरी आन्तरिक ऋृण उठाउन सकिने सीमा कायम गरिएको छ ।
अघिल्लो बर्ष आयोगले यो सीमा १० प्रतिशत सीमा निर्धारण गरेको थियो । स्रोतको ब्यवस्थापनमा चुनौति थपिएको भन्दै तिनै तहका सरकारले भने वित्त आयोगले दिएको सिफारिस भन्दा बढी नै आन्तरिक ऋृणको सीमा राखेर बजेट ल्याउने तयारी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
महालेखाले बुझायो आन्तरिक लेखा परीक्षण प्रतिवेदन
कात्तिक २७, २०८१ मंगलबार
लेखापरीक्षण: संघीय र प्रदेश सरकारको गरी साढे २१ अर्ब बेरुजु, पेश्की मात्र १० अर्ब ४५ करोड
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार