संक्रमित नेपालीको उपचारका लागि गायक ढकालले दिए १८ लाख
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १८:४७:४२
१३ जेठ, काठमाडौं । गायक रामकृष्ण ढकालले कोरोना संक्रमित नेपालीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । हाल अमेरिकामा रहेका गायक ढकालले त्यहाँ उठाएको १८ लाख रुपैयाँ कोरोना पिडितका लागि भन्दै महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेका हुन् ।
गायक ढकालले सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै सहयोगको रकम पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा जम्मा गरिएको जानकारी दिएका छन् । केही अगाडि एक कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका ढकालले सहयोगको रकम अमेरिकामा रहेका नेपाली तथा नेपाली भाषी भुटानीहरुबाट जुटाएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “नेपालमा यस्तो विषम परिस्थिति हुँदा म भने सांगीतिक कार्यक्रमको क्रममा अमेरिकामा आएको बेला यतै रोकिएको छु । म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजु-भाइ तथा दिदी-बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो । उहाँहरू नेपालमा कोरोनासँग जीवन-मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता-दर्शकमाझ सहयोगको आव्हान गरेको थिएँ । “
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ट्रम्पको कार्यकाल छल्न चाहनेका लागि क्रुज कम्पनीले ल्यायो चार बर्षे टूर प्याकेज
मंसिर ४, २०८१ मंगलबार
जग्गादानसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र मुसलमानको इजलासको अन्तिममा सूचीमा
मंसिर ४, २०८१ मंगलबार
'तारक मेहता का उल्टा चश्मा' का जेठालाल र निर्माता मोदीबीच झगडा !
मंसिर ४, २०८१ मंगलबार
‘हरिबहादुरको जुत्ता’ मा मुख्य भिलेनको भूमिकामा मुरलीधर
मंसिर ४, २०८१ मंगलबार
हरिणी अमरसूर्या श्रीलंकाको प्रधानमन्त्रीमा पुन नियुक्त
मंसिर ४, २०८१ मंगलबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार