सेलपे सेवा अब वालेटमार्फत पनि चलाउन सकिने
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार २०:३२:१४
१३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. ले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अब वालेटमार्फत पनि चलाउन सकिने गरी सेवा विस्तार गरेको छ । सेलपे सेवा अब बैंक खाताका साथै Wallet बाट पनि संचालन गर्न सकिने नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो भुक्तानी सेवा प्रदायक हो ।
नेपाल राष्ट्र बैंकबाट Wallet अनुमति प्राप्त गरे सँगै अब सेलपेका ग्राहकहरुले बैंक लिंकमार्फत वा वालेट लोड गरि कारोबार गर्न सक्नेछन् ।यसै उपलक्ष्यमा सेलपेले आफ्नो नयाँ UI पनि सार्वजनिक गरेको छ जसमा ग्राहकहरुलाई सेवा प्रयोग गर्दा अझ बढी सहज बनाउनका लागि विभिन्न प्रयोगहरु गरिएको छ जसले गर्दा जो कोही ग्राहकहरुले बिना झन्झट सरल रुपमा कारोबार गर्न सक्नेछन् साथै CellPay Kart सेवामार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नेछन् ।
यसै उपलक्ष्यमा सेलपे सेवाले ग्राहकहरुका लागि “मेरो वालेट CellPay वालेट” योजना सुरु गरेको जनाएको छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले मोवाईल टपअप र टिभी महशुल भुक्तानीमा ५% cashback , ईण्टरनेटको महशुलमा १.५% cashback, NT डाटा प्याकको १ hour unlimited मात्र रु.११ मा, NCELL डाटा प्याकको १ day unlimited मात्र रु.२१ मा, साथै वालेट लोड गर्दा Lucky Draw मार्फत Samsung S21 Ultra जित्न सक्ने मौका पनि पाउन सक्नुहुनेछ । यो योजना जेष्ठ १३ गते देखि असार १२ सम्म लागु हुनेछ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरुमा वास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै Wallet बाट पनि कारोबार गर्न सकिने भएको छ ।
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ ।
यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आबद्ध भएका बैंकहरुका खाताका साथै Wallet Load बाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
सेलपे एप्प डाउनलोड गरी Wallet Load का साथै आजै आफ्नो बैंक खाता लिंक गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार