संवैधानिक इजलाश गठनको गृहकार्य सुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार २१:२५:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/sarbocha_Yxo02VoJMl.jpg)
१३ जेठ, काठमाडौं । प्रतिनिधिसभा भंग गर्ने पछिल्लो निर्णय बदर गर्न परेका सबै रिट भोलिबाट संवैधानिक इजलाशले हेर्ने भएपछि अब इजलाशमा को पर्लान् भन्ने जिज्ञासा धेरैमा परेको छ । प्रधानन्यायधीशको संयोजकत्वमा पाँच सदस्यीय इजलाश गठन गर्नुपर्ने नियम सर्वाेच्च अदालत सम्बन्धी नियमावलीमा उल्लेख छ ।
यसका लागि हाल १३ जना न्यायधीशहरुको नाम रोष्टरमा चढेको छ । तर कसलाई इजलाशमा राख्ने भन्ने निर्णय भने प्रधानन्यायधीशले गर्नेछन् । भोलिबाट प्रतिनिधिसभा विघटन सम्बन्धी ३० वटै रिट संवैधानिक इजलाशले हेर्ने गरी आजै राणाले आदेश गरेका छन् ।
आज १९ वटा रिट माथिको सुनुवाईका क्रममा यस्तो आदेश भएको हो । सर्वाेच्च अदालत स्रोतका अनुसार, यस सम्बन्धमा प्रधानन्यायधीशले गृहकार्य सुरु गरेका छन् । यस्तो गर्दा यसपाला भने उनले वरिष्ठतम न्यायधीशलाई इजलाशमा राख्ने छन् ।
हाल सर्वाेच्चमा वरिष्ठतममा क्रमशः राणा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् । ती मध्ये यसअघि राखिएका कार्कीले आफ्नो नाममा विवाद भएपछि बस्न अस्वीकार गरेका थिए । विवाद नहोस् भनेर प्रधानन्यायधीशले यस्तो निर्णय गर्ने सम्भावना रहेको स्रोतले बतायो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार