घरबाटै साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनी मार्फत खाद्य वस्तु मगाउन सकिने
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार २२:२:३७
१३ जेठ, काठमाडौं । जेठ १४ गते शुक्रबार देखी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यापार कम्पनीबाट अत्यावश्यक खाद्य वस्तु मगाउन सकिने भएको छ । यही जेठ १४ गते देखि खाद्यान्न पसल समेत बन्द गर्ने गरी लागु गरिएको लकडाउन ‘निशेधाज्ञा’ले दैनिक जिविका गरी खानेवर्गलाइ ठूलो मर्का पर्ने भएकोले काठमाडौं उपत्यका स्थित तीन वटै जिल्लाका सिडिओ कार्यालयले उक्त व्यवस्था मिलाएका हुन ।
खाद्यान्न खरिद गर्न असहज हुने अवस्थालाई ध्यानमा राखी भोली जेठ १४ गते देखि नै उपत्यकाका सबै स्थानीय वडाहरूमा समेत पुग्ने गरी साल्ट ट्रेडिंङ कर्पोरेशन लिमिटेड र नेपाल खाद्य व्यापार कम्पनीले दाल, चामल, तेल, चिनी , चिउरा, नून, तेल, चामल, च्यूरा र चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरू मोवाइल भ्यान मार्फत बिक्रि बितरण गर्ने निर्णय भएको छ । अत्यवाश्यक खाद्य वस्तु आवश्यक परेमा हटलाइन नम्बरमा कल गर्ने सकिने व्यवस्था गरिएको छ ।
नागरिकमा खाद्य सामग्री नै पाइँदैन भन्ने भ्रम गएको भन्दै उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने व्यवस्था मिलाएको हो ।
आज उपत्यका स्थित तीन वटै जिल्लाका सिडिओ सहित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका नायब महाप्रबन्धक कुमार राजभण्डारी, खाद्य तथा व्यापार कम्पनी लिमिटेका विभागीय प्रमुख भिम थापा, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल चेम्बर अफ कमर्शका देवेन्द्र भक्त श्रेष्ठ, थोक बिक्रेता संघका ॐ प्रकाश वंशल लगायत सरकारी अधिकारीहरुको बैठक पस्चात उक्त निर्णय लिइएको हो ।
काठमाडौं प्रशासनले बिहिबार एक सूचना जारी गर्दै निषेधाज्ञाको अवधिमा कोही कसैलाई खाद्य वस्तुको अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको जनाएको छ ।
खाद्य वस्तु मगाउन नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ९८५१३२०३१४, ९८५११३६७८५, ९८५११२१७८८ मा फोन गर्न सकिन्छ भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ९८५१०२२५६४, ९८५१०३३३०३, ९८५१११३६६०, ९८४१३३२९९० र ९८१३२७२५६३ मा फोन गर्न सकिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका नायब महाप्रन्बन्धक कुमार राजभण्डारीले प्रशासनसँग छलफल पस्चात भएको निर्णय अनुसार सेवा प्रवाह गर्न कर्पोरेशन सक्षम र पूर्ण रुपमा तयार रहेको उल्लेख गरे । ‘सेवा प्रवाहका लागि हामी तम्तयार अवस्थामा छौ, आवश्यक तयारी पुरा भैसकेको छ’ । ‘विगतमा पनि घुम्ती सेवा संचालन गरेको अनुभव हामीसँग छ, त्यसैले सेवा प्रवाहका क्रममा संभव भएसम्म हाम्रोतर्फबाट कुनै कमी आउन दिने छैनौ’ ।
यस प्रयोजनका लागि कर्पोरेशनले तीन वटा मोबाईल भ्यान परिचालन गर्ने नायब महाप्रबन्धक राजभण्डारीले बताए । राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रशासनले सम्पूर्ण पसलहरु बन्द गर्ने भनेर लिएको यस अघिको निर्णय उपभोक्ता अधिकारका दृष्टिले त्रुटिपूर्ण रहेकामा ताजा निर्णयले राहत मिलेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीमा दश महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता
जेठ १६, २०८१ बुधबार
‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
आर्थिक मन्दीको असरले रुपन्देहीमा २०७ उद्योग बन्द
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
चन्द्रागिरिले सवारी प्रदूषण नियन्त्रणमा कडाइ गर्ने
जेठ १६, २०८१ बुधबार
आफ्नै ठुलीआमालाई हत्या गरेको अभियोगमा पक्राउ
जेठ १६, २०८१ बुधबार
उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाइएको दावी
जेठ १६, २०८१ बुधबार
जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण
जेठ १६, २०८१ बुधबार
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता पाण्डे नियुक्त
जेठ १६, २०८१ बुधबार