डोटीमा अज्ञात समूहले आगो लगाउँदा महिला गम्भीर घाइते

नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार २३:३४:३६

१३ जेठ,डोटी । जिल्लाको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटलाई आफ्नै पसलमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले लक्ष्मीलाई अज्ञात समूहले आगो लगाउँदा गम्भीर घाइते भएको बताए । उनले भने, “आगोले जलेर लक्ष्मी गम्भीर घाइते भएकी छिन्, कसले र किन आगो लगायो भन्ने विषयमा प्रहरी टोली घटना स्थलमा खटिएको छ, विस्तृत अनुसन्धान हुँदै छ ।”
महिलाको दिपायल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लक्ष्मीको ६० प्रतिशत शरीरको भाग आगोले जलेको उपचारमा सम्लग्न सुजङ अस्पतालका चिकित्सकले जानकारी दिएका छन् । अज्ञात समूहले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको बुझिएको आदर्श गाउँपालिका–४ का अध्यक्ष नारायण पछेराले बताए ।
प्रज्वलनशील पदार्थ पेट्रोल हो वा मट्टीतेल त्यो भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय मौवा नगरदहबाट घटना स्थलमा खटिएका प्रहरी निरीक्षक किसनबहादुर चन्दले बताए । उनले भने, “घटनास्थलमा डिजल जस्तो गन्ध आएको छ, पेट्रोल, डिजल वा मट्टीतेल के हो यकिन गर्न सकिएको छैन्, अन्य अनुसन्धानबाट विस्तारै खुल्छ होला ।”
घटना लगतै लक्ष्मीका श्रीमान सन्तोष फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका श्रीमान पक्राउ परेपछि घटनाको विस्तृत विवरण खुल्ने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्ले जानकारी दिए । फरार भएका सन्तोष गाडी चालक भएको र उनकी दुई श्रीमती भएका कारण उनले नै घटना घटाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमका संसदीय सभापतिका लागि आज निर्वाचन
फागुन ४, २०८१ आइतबार
सुदूरपश्चिम प्रदेश नीति आयोगमा दुई सदस्य नियुक्त
फागुन २, २०८१ शुक्रबार
विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण
माघ २९, २०८१ मंगलबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार