दाङमा संक्रमित भन्दा निको हुने धेरै
नेपालबहस संवाददाता
जेठ १३, २०७८ शुक्रबार ३:३८:३६
१३ जेठ, देउखुरी । दाङमा आज कोराना संक्रमित सङ्ख्याभन्दा मुक्त हुनेको सङ्ख्या बढेको छ । पछिल्लो २४ घण्टामा दुई सय ३३ जनाले कोरोनालाई जितेका छन् । जिल्लामा थप ३८ जनामा सङ्क्रमण देखिएको आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।
संक्रमण मुक्त हुनेमा घोराहीका एक सय ३०, तुलसीपुरका ७१, लमहीका १५, दंगिशरणका पाँच, राप्ती र शान्तिनगर चार, चार जना, बबईका तीन र बंगलाचुलीका एक जना रहेका छन् ।
वैशाख यता जिल्लामा अहिलेसम्म पाँच हजार चार सय ४३ जना संक्रमणमुक्त भएका छन् । यस्तै आज थप ३८ जनामा कोरोना पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा १०० जनाको परीक्षण गर्दा १७ महिला र २१ पुरुषमा कोरोना पुष्टि भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ ।
जिल्लामा अहिले एक हजार एक सय ३९ सक्रिय संक्रमित रहेका छन् भने नौ सय ९३ घरमा, एक सय ३१ सामान्य र १५ जना आइसीयुमा रहेको जानकारी दिएको छ । यहाँ वैशाखदेखि यता कोरोना सङ्क्रमणबाट एक सय ६४ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
‘हरिबहादुरको जुत्ता’ मा मुख्य भिलेनको भूमिकामा मुरलीधर
मंसिर ४, २०८१ मंगलबार
हरिणी अमरसूर्या श्रीलंकाको प्रधानमन्त्रीमा पुन नियुक्त
मंसिर ४, २०८१ मंगलबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
सानिमा बैंकको एजीएम आज, ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दै
मंसिर ४, २०८१ मंगलबार
बजार खुल्नासाथ ३ करोड ८० लाखको शेयर कारोबार
मंसिर ४, २०८१ मंगलबार
हङकङमा ४७ प्रजातन्त्र समर्थक कार्यकर्तालाई जेल सजाय
मंसिर ४, २०८१ मंगलबार