कोरोनाविरुद्धको पहिलो डोज ३८ हजार प्रहरीले लगाए
नेपालबहस संवाददाता
जेठ १३, २०७८ शुक्रबार ३:४३:१६
१३ जेठ, काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरीमध्ये ३७ हजार ९६१ जनाले पहिलो मात्राको खोप लगाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म तीमध्ये २४ हजार १६० जनाले दोस्रो मात्राको खोप लगाएका छन् । विगतमा कोभिसिल्ड पहिलो मात्रा लगाएका प्रहरी लाई दोस्रो मात्रा लगाइएको हो । ६९ हजार बढी प्रहरी छन् ।
अत्यन्त जोखिमपूर्ण रुपमा कार्यस्थलमा खटिने प्रहरीलाई खोप न्यून भइरहेको अवस्थालाई सीमित कोभिसिल्ड खोप निकासा गरी स्वास्थ्य मापदण्ड पूर्ण पालनाका साथ आलोपालो रुपमा बुधबार, विहीबार र शुक्रबार खोप लगाउने व्यवस्था गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
सो क्रममा महानगरीय सशस्त्र प्रहरी गण न २ महाराजगञ्जमा बुधबार र आजसहित प्रहरी प्रधान कार्यालय तथा अन्तर्गतमा कार्यरत जम्मा एक हजार ३११ लाई खोप लगाइएको छ ।
यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका ४३४ , महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहत वृत्तमा समेत गरी एक हजार ४८ , महानगरीय प्रहरी परिसर ललितपुरका २५० र महानगरीय प्रहरी परिसर भक्तपुरमा ३५० लाई कोभिसिल्ड दोस्रो डोज खोप लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शुक्रबारसमेत थप खोप लगाइने जनाइएको छ ।
२१ हजार रुपैयाँ जरिवाना सङ्कलन
निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार ७२३ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ४५५ गाडी र एक हजार २६८ मोटरसाइकल छन् ।
सो क्रममा नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६१५ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने १८२ लाई संक्रमण रोग ऐन, २०२० बमोजिम २१ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
सानिमा बैंकको एजीएम आज, ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दै
मंसिर ४, २०८१ मंगलबार
बजार खुल्नासाथ ३ करोड ८० लाखको शेयर कारोबार
मंसिर ४, २०८१ मंगलबार
हङकङमा ४७ प्रजातन्त्र समर्थक कार्यकर्तालाई जेल सजाय
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार