कोरोनाबाट नर्सिङ निरीक्षकको निधनपछि नगरपालिकामा शोक बिदा
नेपालबहस संवाददाता
जेठ १३, २०७८ शुक्रबार ४:४:७
१३ जेठ, कञ्चनपुर । बेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत नर्सिङ निरीक्षक सरस्वती कार्कीको कोरोना संक्रमणका कारण उपचारका क्रममा निधन भएको छ । कार्कीको निधन पछि नगरपालिका आज शोक विदा दिईएको छ । नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूमा शोक विदा दिईएको छ । कार्कीको बुधबार राति बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
नगरपालिकाका कार्यरत राष्ट्रसेवक कर्मचारी कार्कीको असामयिक निधनले स्तब्ध र दुखित भएको नगर प्रमुख असोक चन्दले बताए । नगरपालिकाले एक इमान्दार, असल कर्तव्यनिष्ठ राष्ट्र सेवक गुमाएको उनले बताए । कोरोनाका बिरामीका लागि स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापनको कार्यमा निरन्तर खटिनु भएकी उनलाई वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोनाको सङ्क्रमण भएपछि होम आइसोलेशन बस्दै आउनु भएकी कार्कीको स्वास्थ्य अबस्था जटिल बनेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । कोरोनाको दोस्रो लहरमा निधन हुने उनी पहिलो स्वाथ्यकर्मी हुन् । कार्की भीमदत्त नगरपालिका–६ ऐठपुरका स्थायी बासिन्दा हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार