आजदेखि उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १३:४:५८
१४ जेठ, काठमाडाैं । आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गरिने भएको छ । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीका अनुसार थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन । बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल भने खोल्न पाइनेछ ।
पराजुलीका अनुसार सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ । अब ती क्षेत्रका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने छन् ।
निर्माणका कार्यलाई पनि प्रशासनले एक साताका लागि रोक लगाउने निर्णय गरेको छ । विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ । साथै, हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज भएको छ ।
निषेधाज्ञा उल्लंघन गर्नेलाई नयाँ अध्यादेशअनुसार उल्लंघन गरे १ वर्ष कैद हुन सक्ने र आदेश नमान्नेलाई एक लाख रुपैयाँ र संस्था पाँच लाखसम्म जरिवाना हुन सक्ने छ ।
दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै सरकारले कोरोनाभाइरसको संक्रमण रोक्न वैशाख १६ गतेदेखि दुई साताका लागि भनेर निषेधाज्ञा गरेको थियो । पछि उक्त निषेधाज्ञा दुई साताका लागि थपिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
हरिणी अमरसूर्या श्रीलंकाको प्रधानमन्त्रीमा पुन नियुक्त
मंसिर ४, २०८१ मंगलबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
सानिमा बैंकको एजीएम आज, ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दै
मंसिर ४, २०८१ मंगलबार
बजार खुल्नासाथ ३ करोड ८० लाखको शेयर कारोबार
मंसिर ४, २०८१ मंगलबार
हङकङमा ४७ प्रजातन्त्र समर्थक कार्यकर्तालाई जेल सजाय
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार