कोरोनाबाट ८१३ पत्रकार संक्रमित, १६ जनाकाे मृत्यु
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १५:५:५७
१४ जेठ, काठमाडौं । कोरोना भाइरसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी संक्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासंघले दिएको जानकारीअनुसार हाल तीन पत्रकार आइसीयूमा छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
महासंघले प्रकाशित समाचारको विषयलाई लिएर अन्नपूर्ण पोष्ट दैनिकका सुनसरी संवाददाता रत्नप्रसाद आचार्यलाई विभिन्न संघसङ्गठनले विज्ञप्ति निकालेर धम्क्याएको घटना निन्दनीय र प्रेसविरोधी भएको जनाएको छ । महासंघ सुनसरी शाखाका अनुसार केही दिनअघि अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित ‘सर्दु जलाधार १८२ बिघा जग्गा फिर्ता’ शीर्षक समाचारलाई लिएर पत्रकार आचार्यलाई अपमानजनक शब्द प्रयोग गरी ती संघसङ्गठनले विज्ञप्ति निकालेर पत्रकारलाई कारवाही गर्ने र सामाजिक बहिष्कार गर्ने भन्दै धम्क्याएका थिए ।
महासंघले विज्ञप्ति जारी गरी प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानूनी प्रक्रिया जान सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई यस किसिमले धम्की दिनु निन्दनीय र प्रेसविरोधी काम हो भनेको छ । महासंघले धम्की दिनेलाई तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
सानिमा बैंकको एजीएम आज, ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दै
मंसिर ४, २०८१ मंगलबार
बजार खुल्नासाथ ३ करोड ८० लाखको शेयर कारोबार
मंसिर ४, २०८१ मंगलबार
हङकङमा ४७ प्रजातन्त्र समर्थक कार्यकर्तालाई जेल सजाय
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार