संवैधानिक इजलाश गठन, विघटनविरुद्ध परेका मुद्धाको सुनुवाइ हुँदै

नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १६:१०:८

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमा सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो अध्यक्षतामा संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा वरिष्ठ न्यायाधीशहरुमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।
वरिष्ठताको क्रम हेर्ने हो भने सर्वोच्चमा प्रधानन्यायाधीशपछि दीपककुमार कार्कीपछि मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमरा सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान लगायत छन् । हरिकृष्ण कार्कीका विषयमा यसअघि नै इजलासमा प्रश्न उठेपछि उनी हटेका थिए ।
गठन गरिएको संवैधानिक इजलासमा वरिष्ठता भन्दा पनि जबराले आफु नजिकका केसी र श्रेष्ठलाई ईजलासमा राखेर आफु अनुकुलको बेन्च तयारी गरी आफ्नो पक्षमा बहुमत पुर्याउन खोजेको देखिन्छ । वरिष्ठतालाई आधार नबनाएपछि यस विषयमा के गर्ने भन्ने विषयमा वरिष्ठ न्यायाधीशहरु आन्तरिक छलफलमा रहेको सर्वोच्च स्रोतले नेपालबहसलाई जानकारी दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले हिजो संवैधानिक इजलासमा पठाएका १९ रिटका अतिरिक्त पहिले नै संवैधानिक इजलसमा पठाइएका ११ रिटगरी संवैधानिक इजलासमा आजदेखि ३० वा रिटमाथि सुनुवाई सुरु हुन लागेको हो ।
बिहीबार रिट निवेदक तर्फका कानुन व्यवसायीले संसद विघटनसम्बन्धी मुद्धाको सुनुवाइका लागि ११ जनाभन्दा धेरै न्यायाधीशको बृहत पूर्ण इजलास गठन गर्न माग गरेका थिए ।
संवैधानिक इजलसमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटन गलत भएको भन्दै दायर भएका २६ वटा र प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिनुपर्ने माग गर्दै दायर भएका ४ वटा रिट छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार