भेरी अस्पताल घटनाका दोषी रावत मुख्यमन्त्री पोखरेलका विश्वासपात्र रहेको खुलासा
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १९:५०:३७
१४ जेठ, काठमाडौं । नेपालगंजकाे भेरी अस्पतालमा उपचारत दाङका ५४ वर्षीय कोरोना संक्रमित व्यक्तिको उपचारका क्रममा निधन भएसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक आक्रमण गरे । घटनाको विरोध गर्दै भेरी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी आज बिहानैदेखि आन्दोलनमा उत्रिएका छ्न ।
दोषीलाई कारवाही नगरेसम्म र सुरक्षाको भरपर्दो प्रत्याभूति नभएसम्म नयाँ बिरामी भर्ना लिन नसक्ने अस्पताका स्वास्थ्यकर्मीकाे अडानका कारण नयाँ विरामी लिने कार्य रोकिएको छ । उनीहरुको आन्दोलनमा सरकारी चिकित्सक संघ लगायत विभिन्न संघ संस्थाहरुले ऐक्यबद्धता जनाएका छन् । नेपाल चिकित्सक संघले हिजोको घटनालाई कालो दिनको घोषणा गर्दै आज एक दिन कालोपट्टी बाँधेर काम गर्न सबै स्वास्थ्यकर्मीहरुलाई अपिल गरेको छ ।
घटनाको कारण के थियो ?
घटना बिहीबार राति करिब ८ बजेको हो । भेरी अस्पतालको भेन्टिलेटरमा दाङका ५४ वर्षीय संक्रमित डिल्लीबहादुर राउतको उपचार चलिरहेको थियो । उनको अवस्था निकै गम्भीर थियो । चिकित्सक र स्वास्थ्यकर्मीहरुले उनलाई बचाउन हरप्रयास गरिरहेका थिए । अन्तत: चिकित्सकाे अथक प्रयासका बीच संक्रमितको मृत्यु भयो । त्यसपछि मृतकका आफ्न्तले भेन्टिलेटरमा राखेर ज्यान लिने काम गरेको भन्दै चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि कुटपिट र तोडफोडमा उत्रिए ।
मृतकका आफन्तले अस्पतालमा आइसीयु कक्षमै तोडफोड गर्दै चिकित्सकहरुमाथि आक्रमण गर्न थालेपछि ४ जना चिकित्सक भने झ्यालबाट तल्लो तलामा हाम्फालेर ज्यान जोगाए । केही स्वास्थ्यकर्मी आक्रमणबाट बच्न भागेर ट्वाइलेट लुक्न पुगे । केही चिकित्सक तथा नर्सलाई भने उनीहरुले लखेटी लखेटी आक्रमण गरेको चिकित्सकहरुले बताएका छन् । उनीहरुले यति अमानवियता देखाए कि ‘पीपीई लगाएका नर्सहरुको घाँटी अठ्याउने, लात हान्ने समेतका व्यवहार गरे ।
आक्रमणकारी को थिए ?
स्वास्थ्यकर्मीले आन्दाेलन नरोकेपछि स्थानीय प्रहरी प्रशासनले चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरी दाङका मानबहादुर रावतलाई लगायत ३ जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घटनामा संलग्न र मानबहादुर राउत नेकपा एमालेका जिल्ला नेता एवम् लुम्विनी प्रदेशका प्रमुख शंकर पोख्रेलका विश्वासपात्र रहेको खुलासा भएको छ । उनी अहिले दाङ निर्वाचन क्षेत्र नं ३ का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि छन्। केही समय अघिसम्म उनी सरकारी जागिरे पनि थिए ।
जागिरमै रहँदा जवर्जस्ती करणीको मुद्धा
राउतलाई एमालेको नवौं महाधिवेशन चलिरहेका बेला सरकारी जागिरमै रहँदा निवर्चान क्षेत्रका संयोजक पनि बनाइएको थियो । अधिवेशन तयारीकै लागि देउखुरी पुगेका बेला उनीमाथि पार्टीकै एकजना महिला कार्यकर्ताले आफूमाथि जवर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् । ती महिलाका आफन्तले रावतलाई त्यहाँ कुटपिट पनि गरेका थिए । त्यसपछि रावतमाथि जवर्जस्ती करणी आरोपमा लामो समय मुद्दा चलेको थियो।
रावतको व्यावहारले महिला जनप्रतिनिधि हैरान
जवर्जस्ती करणीको मुद्धामा सफाइ पाएपछि उनि फेरी गाविस सचिवको रुपमा काममा फर्के । स्थानीय तह भइसकेपछि उनी वडा कार्यालयमा सचिव थिए । त्यहाँ पनि जनप्रतिनिधिलाई होच्याउने र महिला कर्मचारी तथा जनप्रतिनिधिहरूलाई पनि अभद्र व्यवहारकाे उनको बानी रोकिएन् ।
उनको यो व्यवहारबाट आर्जित भएका उनकै पार्टीका कार्यकर्ताले कारबाहीको माग गर्दै पार्टीमा निवेदन दिएका थिए । निवेदनको सुनुवाइ त कता हो कता उनलाई उल्टै तुलसीपुर उपमहानरपालकिका मेयर घनश्याम पाण्डेले आफ्नो स्वकीय सचिव पनि बनाए । उच्च लेभलमा सम्वन्ध भएपछि मेयर र मुख्यमन्त्रीका सहयोगीका रुपमा जिल्लामा पार्टी कार्यक्रमा सक्रिय हुँदै आएका थिए ।
“भेरी अस्पतालमा उनले घटाएको घटना पहिलो होइन । यसअघि पनि पटक पटक उनको चरित्रमाथि प्रश्नहरू उठिसकेका छन् । बलात्कार, दुर्व्यवहारजस्ता आरोपहरू लाग्दै आएका छन् तर पनि पार्टीकै ठूला मान्छेहरूको संरक्षण छ ‘ दाङका एक एमाले नेताले भने ।
के भन्छन् मुख्यमन्त्री पोखरेल ?
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका घटनामा निष्पक्ष छानबिन गरिने र जो सुकै भएपनि दोषीलाई कारबाही गरिने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार विहान सfमाजिक संजाल मार्फत पोख्रेलले ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको बताएका हुन ।
पोख्रेलले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुने टुवीटर मार्फत जनाकारी दिदै चिकित्सकहरुलाई आन्दोलन नगर्न आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार