संक्रमण फैलिएपछि जनप्रतिनिधि र प्रजिअबीच विवाद

नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २०:२४:३०

१४ जेठ,सर्लाही । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)संक्रमणको दोस्रो लहर व्यावस्थापनको काममा प्रभावकारी भूमिका नखेलेको भन्दै सर्लाहीका जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको छ । जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि जिल्लाका स्थानीय निकायका प्रमुखहरुले स्थानीय निकाय ‘सिल’ गर्नु पर्ने सुझाव दिएअनुसार निर्णय नगर्दा जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको हो ।
जिल्लामा झन्डै तीन महिनाअघि सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले कोरोना महामारीमा निषेधाज्ञा लगाउनेबाहेक अरू कुनै पनि सहकार्य नगरेको जनप्रतिनिधिहरूको आरोप छ । समुदायस्तरमा संक्रमण फैलिएसँगै अक्सिजनको ज्यान गुमाउनेको सङ्ख्या बढेपछि प्रमुख जिल्ला अधिकारीलाई अक्सिजनको अभाव टार्न पटकपटक आग्रह गरिए पनि समस्याको समाधानतर्फ कुनै पहल नभएको बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले बताए ।
जिल्ला प्रशासन कार्यालयबाट कोरोना संक्रमणतर्फ कुनै पहल नभएपछि लालबन्दी, हरिवन, वागमती र इश्वरपुर नगरपालिका महामारीलाई रोक्न आफैं व्यवस्थापनमा जुटेका छन् । लालबन्दीले २० शैयाको अक्सिजनसहितको अस्थायी कोरोना अस्पताल बनाएको छ भने हरिवनले १०० शय्याको अस्थायी कोरोना अस्पताल बनाएको छ । ‘‘यो महामारीमा अक्सिजनको चाप रहेको बेला यसको व्यवस्थापन गर्न चुनौती छ’’, प्रजिअ तामाङ्ले भने ।
यस्तै लालबन्दी नगरपालिका—९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहितको २० शय्याको अस्थायी कोरोना अस्पताल, हरिवन नगरपालिकाले १०० शय्याको अक्सिजनसहितको अस्थायी कोरोना अस्पताल निर्माण गरिसकेको छ । जिल्लाका केही स्थानीय निकायहरुले स्वाब सङ्कलन र कन्ट्र्याक्ट ट्रेसिङलाई पनि प्राथमिकताका साथ सञ्चालन गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवरिष्ठ पत्रकार आशुतोष झालाई विशेष सम्मान
फागुन १०, २०८१ शनिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
मुख्यमन्त्री सिंहले गरे वीरगञ्जका अस्पतालको अनुगमन
फागुन ७, २०८१ बुधबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
माओवादीमा‘तराई मधेश जागरण अभियान’ शुरुकै दिन विवाद
फागुन १२, २०८१ सोमबार
सहकारी ठगी प्रकरणको आफू सम्लग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
मंगलबार ७ अंकले बढ्यो बजार : नेप्से २७६५ मा बन्द, ९ अर्ब ९० करोडका शेयर खरिदबिक्री भए
फागुन १३, २०८१ मंगलबार
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले प्रभावित
फागुन १३, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्घाटन
फागुन १३, २०८१ मंगलबार
काउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी
फागुन १३, २०८१ मंगलबार
माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल
फागुन १३, २०८१ मंगलबार