बेलायत र फिनल्यान्डद्धारा नेपाललाई स्वास्थ्य उपकरण उपलब्ध
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २०:४७:४३
१४ जेठ,काठमाडौं । कोभिड–१९ को महामारीमा नेपाललाई सघाउन बेलायत र फिनल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ ।
बेलायत र फिनल्यान्डले विशेष विमानबाट नेपाल पठाएका ती सामग्री आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित सङ्क्षिप्त कार्यक्रममा हस्तान्तरण गरिएको हो ।
नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले २६० थान भेन्टिलेटर तथा १९ हजार २०० आँखारक्षक उपकरण मन्त्री त्रिपाठीलाई हस्तान्तर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसैगरी नेपालका लागि फिनल्यान्डका राजदूत पेर्ती आन्तिनेनले मन्त्री त्रिपाठीलाई तीन लाख ५० हजार एफएफ पी टू मास्क, एक लाख के एन ९५ मास्क, दुई लाख ३२ हजार ५०० जोर पञ्जा, ३० हजार सुरक्षा पोशाक, २४ लाख ९८ हजार फेसमास्क र तीन लाख ५० हजार फेससिल्ड प्रदान गरेको पनि उक्त मन्त्रालयले जनाएको छ ।
विमानस्थलमा भएका बेग्लाबेग्लै कार्यक्रममा मन्त्री त्रिपाठीले बेलायत र फिनल्यान्ड सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै प्राप्त सहायताबाट नेपाल–बेलायत र नेपाल र फिनल्यान्डबीचको मैत्री प्रतिबिम्बित भएको बताए । दुवै देशका राजदूतले महामारीविरुद्धको नेपालको लडाइँमा केही मात्रामा भए पनि सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्दै भविष्यमा पनि सक्दो सहायता गर्ने आश्वासन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै लखन गाउँपालिका
मंसिर १४, २०८१ शुक्रबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार