रिचार्जरले अक्सिमिटर ७९९ र अक्सिजन कन्सन्ट्रेटर ३९,९९९ मा उपलब्ध गराउने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २२:२२:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/Reecharger-Oxygen-Concentrator_E774toW88L.jpg)
१४ जेठ, काठमाडौं । ई. कमर्श प्लेटफर्म रिचार्जरले कोरोना संक्रमितको चाप बढेका बेला देखिएको अक्सिजन अभावलाई ध्यानमा राख्दै बजार मूल्यभन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने भएको छ । घरायसी प्रयोजनका लागि रिचार्जरले ५ लिटर क्षमताको थ्ग्(घण्ण् अक्सिजन कन्सन्ट्रेटर ३९ हजार ९९९ रुपैंयामा उपलब्ध गराउने भएको हो ।
रिचार्जरको मोबाइल एपमा जेठ १४ गते शुक्रबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म ५ घण्टा अवधिमा आउने बुकिङ तथा अर्डरमा मात्र उल्लेखित दरमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध हुनेछ । उक्त अवधिमा अस्पताल तथा घरायसी प्रयोजनका लागि जर्मन प्रविधिमा निर्मित ओगल्स ब्राण्डको ५ लिटर क्षमताको कन्सन्ट्रेटर ७५ हजार रुपैंया र १० लिटरको १ लाख ५० हजार रुपैंयामा उपलब्ध हुने ग्लोबल कि टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
उक्त अवधिमा पल्स अक्सिमिटर ७९९ रुपैंयामा उपलब्ध हुनेछ भने चीनीयाँ पीपीई सेट १ हजार ९९, जीएचसी डब्लुएचओ स्यानिटाइजर १०० मिलिलिटर ९९ रुपैंयाका साथै कोभिड प्रोटेक्टिभ उपकरणहरु सस्तो मूल्यमा उपलब्ध गराइने रिचार्जरले जनाएको छ । रिप्लेसमेण्ट वारेण्टी सहित अक्सिमिटर उपलब्ध हुनुका साथै अस्पताल तथा व्यक्तिलाई सस्तो मूल्यमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।
अर्डरका दौरान अग्रिम भुक्तानी गर्नेहरुलाई रिचार्जरले २ प्रतिशत नगद इन्स्टान्ट क्यास व्याक गर्नेछ । सेवाग्राहीले रिचार्जरमा उपलब्ध भुक्तानीका माध्यमबाट बुकिङ रकम भुक्तान गरे लगत्तै २ प्रतिशत रकम सेवाग्राहीको बैंक खातामा फिर्ता हुनेछ । एनआईसी एशिया बैंकका क्रेडिटकार्ड वाहकले १८ महिनाको किस्तामा सामान किन्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि रिचार्जरबाट सामान खरिद गरेको बिल कार्डवाहकले बैंकलाई बुझाए पछि क्रेडिट कार्डबाट एकमुष्ठ भुक्तान गरिएको खरिद रकम बैंकले किस्ताबन्दीमा परिणत गरिदिनेछ ।
अस्ताल तथा धरायसी प्रयोजन मात्र नभई बैंक वित्तीय संस्था, सरकारी तथा गैर सरकारी संस्था लगायत कार्यालयहरुलाई पनि उल्लेखित मूल्यमा कन्सन्ट्रेटर उपलब्ध गराइने ग्लाइडरले बताए । शुक्रबार १२ बजेदेखि ६ बजेसम्ममा आएका अर्डरको डेलिभरी २४ घण्टादेखि ३६५ घण्टा भित्रमा गरिने रिचार्जरले जनाएको छ । थोकमा कोभिडका सामान खरिद गर्न चाहनेले दरबारमार्गस्थित मर्काण्टाइल प्लाजामा रहेको ग्लोबल कि टोक्नोलोजीमा सम्पर्क गर्न सकिने छ ।
गूगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जरको मोबाइल एप डाउनलोड गरी खाता सुचारु गर्दा १ हजार क्यास प्वाइन्ट पानेछ । मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउनेछ भने यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिने रिचार्जरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार ७, २०८१ शुक्रबार
सशस्त्रको लापरवाहीले करिब १५ लाख नगदसहित पक्राउ परेका भारतीय तस्कर भन्सारबाटै गायव
असार ७, २०८१ शुक्रबार
देशको विभिन्न ठाउँमा वर्षा, गण्डकी प्रदेशमा मुसलधारे पानी पर्ने
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले कोशी राजमार्गमा करोडौंको क्षति
असार ७, २०८१ शुक्रबार
बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द
असार ७, २०८१ शुक्रबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
अरविन्द केजरीवालको जमानतमा रोक, रिहाई फेरी अनिश्चित
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले मकालुमा २४ घर विस्थापित
असार ७, २०८१ शुक्रबार
भारत र अमेरिकासहित ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
असार ७, २०८१ शुक्रबार