पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा थपियो
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २३:५४:५५
१४ जेठ,तानसेन । पाल्पामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि थप गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मकाका लागि निषेधाज्ञा लम्ब्याइएको हो । कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णय अनुसार प्रशासनले यसअघि जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले कोरोना नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै निषेधाज्ञा थप गरिएको जानकारी दिए । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न अर्थ मन्त्रालयबाट रु १ करोड ५० लाख निकासा भएकाले लुम्बिनी प्रदेश सरकारबाट आइसियू र भेन्टिलेटर खरिद गर्न रु ३ करोड प्राप्त भएको जिल्ला समन्वय समितिका कार्यवहाक संयोजक मिरा मरासिनीले जानकारी दिए ।
आजसम्म जिल्लामा ११ हजार ७७ जनाको कोरोना परीक्षण गरिएकामा तीन हजार चार सय ३५ जना सक्रिय संक्रमित छन् । दुई हजार २९ जना निको भएका छन् । अहिलेसम्म जिल्लामा ४५ जनाको संक्रमणबाट ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार