फिल्म ‘ओभर डोज’ प्रिमियर हुने
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शनिबार ४:१०:२८
अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित फिल्म ‘ओभर डोज’ प्रिमियर हुने भएको छ । फिल्मलाई यहि मे २९ अर्थात भोली अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर हुने भएको हो ।
ड्रग्स र अपराधको कथामा निर्माण भएका यस फिल्ममा प्रनिसराज पन्त,सविनजंग थापा, बिना श्रेष्ठको मुख्य भुमिका रहेको छ भने गौरव गुरुङ र स्वामी डिजे लगायत अमेरिकन कलाकारको पनि अभिनय देख्न सकिन्छ ।
सुमन पौडेलको लेखन तथा निर्देशनमा बनेको यस फिल्मलाई नेपाली र अंग्रेजी दुई भाषामा निर्माण गरिएको हो । निर्देशक पौडेलका अनुसार नेपाली तथा अंग्रेजी भाषामा फिल्म निर्माण भएको हो । सट फिल्म , म्युजिक भिडियो तथा विज्ञापन निर्माण गर्दै आएको यो टिमले ड्रग्स र अपराधमा संलग्नहरूको जीवन यात्राको कथालाई फिचर फिल्ममा निर्माण गरेको हो ।
उनीहरुको पहिलो यो फिचर फिल्म पहिलो हो । यस फिल्मलाई दर्शकले मन पराउनेमा आफु ढुक्क रहेको निर्देशक पौडेलले बताए । चितवन निवासी पौडेल केहि वर्षदेखि अमेरिकामा नै बसोबास गर्दै आएका छन । उनले फिल्म मेकिङमा ब्याचलर सकेका छन् ।
दर्शकका लागि केही नयाँ दिने उदेश्यले फिल्म निर्माण भएको अभिनेता प्रनिसराज पन्त बताए । उनी पढाईको सिलसिलामा अमेरिकामा बस्दै आएका छन् । दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मलाई साजन कार्कीले सम्पादन गरेका छन् । यस फिल्मलाई समयअनुकुल भएपछि संसारभर प्रदर्शन गर्ने निर्माणपक्षको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार