आज बजेट सार्वजनिक गरिँदै, चुनावलक्षित लोकप्रिय कार्यक्रम समेटिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार १२:४२:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/budgeeett_BGp6VzMHgG.png)
१५ जेठ, काठमाडौं। सरकारले आज अध्यादेशबाट पूर्ण आकारको बजेट सार्वजनिक गर्दैछ । १६ खर्ब हाराहारीमा बजेट ल्याउने तयारी सरकारले गरेको छ । कोरोना (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित राखेर आगामी अर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण (बजेट) सार्वजनिक गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ।
प्रतिनिधिसभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत प्रधानमन्त्री कार्यालय सिंहदरमा ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्ने त्यस अघि मन्त्रीपरिषदको बैठक बसी बजेट अनुमोदन गर्ने बताइएको छ। बजेट सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री अतिरिक्त सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहने अर्थमन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।
कोरोना संक्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा संक्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो नीति कार्यक्रम घोषणा गरी निर्वाचन केन्द्रित कार्यक्रम रहने झल्को दिएका छन । विपक्षीले भने काचलाउ भएको सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नरहेको भन्दै त्यसको विरोध गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली सरकारका सात महिनाः आयव्यय दुवै कमजोर
फागुन २, २०८१ शुक्रबार
सात महिनाको आर्थिक तथ्यांक हेर्दा पुँजीगत खर्च र राजश्व संकलनमा फेल भए अर्थमन्त्री पौडेल
फागुन २, २०८१ शुक्रबार
जनवरीमा विश्वव्यापी खाद्यान्नको मूल्य घट्यो
माघ २६, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार