संक्रमितहरुले गाउँमै पाउन थाले चिकित्सकसहितको सेवा र उपचार
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार १५:१९:२१
१५ जेठ, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका कोरोना संक्रमितहरुले गाउँमै चिकित्सकसहितको सेवा र उपचार पाउन थालेका छन । नगरपालिकाले चिकित्सक र अक्सिजन सहितको १५ शय्याको कोभिड-१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएपछि संक्रमितहरुलाई निकै सहज भएको छ ।
अस्पतालमै निःशुल्क रुपमा उपचारसँगै परामर्श दिने कार्य हुँदै आएको छ । गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालमै भर्ना गरेर उपचार समेत हुन थालेको छ । हालसम्म अस्पतालमा कोरोनाको संक्रमणका कारण गम्भीर छ जना बिरामी उपचारका लागि भर्ना भएका छन । अस्पतालमा दुई जना चिकित्सक सहित अन्य आवश्यक स्वास्थ्यकर्मीलाई खटाइएको छ ।
बिरामीहरुलाई पौष्टीक खानासँगै आवश्यक औषधि र भिटामिनहरु अस्पतालबाटै निःशुल्क रुपमा उपलव्ध गराउने व्यवस्था मिलाइएको छ । कोरोनाका लक्षण देखिएका व्यक्तिहरुलाई नगरपालिकाले निःशुल्क रुपमा मंगलवार र शुक्रवार पीसीआर परिक्षणका लागि नमूना सङ्कलन गर्दै आएको छ ।
कोरोनाका कारण गम्भीर अवस्था भएका व्यक्तिहरुका लागि एन्टीजेनबाट कोभिड अस्पतालमै परीक्षण गर्ने व्यवस्था गरिएको कोभिड अस्पतालका ल्याव शाखाका वसन्त धामीले बताए । “कोरोनाका लक्षण देखिएका बिरामीलाई पीसीआर जाँचका लागि महाकाली र सेती प्रादेशिक अस्पताल पठाउनु पर्ने विगतमा बाध्यता थियो”, उनले भने, “हाल कोभिड अस्पतालमै पीसीआर जाँचका लागि नमूना लिने कार्य हुदै आएपछि विरामीले घरदैलोमै सेवा पाएका छन ।”
पहिला पिसिआरकै लागि अस्पताल धाउनु पर्ने हुदा धेरै जनाले कोरोनाको लक्षण देखिए पनि परिक्षण नगराई घरेलु औषधिको प्रयोग गरी घरमै बस्ने गरेका थिए । जसका कारण समुदायमा कोरोनाको संक्रमण फैलिन मद्दत पुगेको थियो । हाल कोरोनाको लक्षण देखिने वित्तिकै स्थानीयले कोभिड अस्पतालमा पुगेर पीसीआरका लागि नमूना दिने कार्य गर्दै आएका छन ।
अति गम्भीर प्रकृतिका विरामीलाई मात्रै कोभिड अस्पतालबाट थप उपचारका लागि अन्यत्र रिफर गरिने व्यवस्था गरिएको छ । कोरोनाका विरामी बोक्नका लागि नगरपालिकाले निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था मिलाएको छ । कोरोनाका कारण मृत्यु भएकाहरुको शव बोक्नका लागि टिप्परलाई प्रयोगमा ल्याइएको छ । कोभिड हेल्थ डेस्क, नगरप्रमुख र उपप्रमुखले चढने गाडी अक्सिजन सिलिण्डर बोक्ने र औषधि, स्वास्थ्यकर्मी बोक्ने कार्यका लागि प्रयोग गर्ने व्यवस्था गरिएको छ ।
अस्पताल २४ सै घण्टा सेवा दिने गरी सञ्चालनमा ल्याइएको नगरप्रमुख दिल बहादुर ऐरले बताए । “एम्बुलेन्स चालकलाई नगरपालिकाले जोखि भत्ता र आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराउने व्यवस्था मिलाएका छौं”, नगरप्रमुख ऐरले भने, “एम्बुलेन्सको मर्मत र इन्धन खर्च नगरपालिकाले व्यहोर्छ । एम्बुलेन्स प्रयोग गरेवापत पिपलाडी स्वास्थ्य चौकीलाई आगामी आबको बजेटमा रु दुई लाख ५० हजार थप अनुदान रकम उपलव्ध गराईने छ ।” एम्बुलेन्स सेवा सञ्चालनका लागि वडा नं ४ का वडा अध्यक्ष ज्ञान बहादुर बिष्टलाई फोकल पर्सनका रुपमा तोकेको छ । कोरोनको संक्रमण उच्च रुपमा फैलिएमा शव बाहन तथा सरसफाईमा खटिने कर्मचारीलाई थप जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरिएको उनले बताए।
पीसीआरका लागि नमूना सङकलन गर्ने र भिटीएम पुरयाउने कार्यमा संलग्न कर्मचारीहरुलाई जोखिम भत्ता र आश्यकता अनुसार स्वास्थ्य शुरक्षा सामग्री समेत प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
आवश्यक स्वास्थ्य सुरक्षा सामग्री खरिद गर्न र पिसिआर गर्न आवश्यक भिटिएम खरिद गर्न रु छ लाख रकम विपद् कोषबाट खर्च गर्ने व्यवस्था मिलाइएको छ । नगरपालिकाका १२ वटै वडामा महामारी नियन्त्रणका लागि स्वास्थ्यकर्मीसँगै महिला स्वास्थ्य स्वयंसेविकालाई समेत परिचालन गरिएको छ । नगरपालिकामा कोरोनाका कारण नौ जना बढीले ज्यान गुमाइसकेका छन । नगरपालिकामा हाल सम्म चार सय बढी कोरोनाबाट संक्रमित भएका छन जसमध्ये ४५ जना बढी होम आइसोलेसनमा रहेका छन । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
मेडिकाल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
चुनढुंगा उत्खननमा उद्योगीहरुको बदमासी, मुरारका ४ लाख तिरेर छुटे, अरु अनुसन्धानमा
मंसिर ४, २०८१ मंगलबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार