हस्तकला महासंघले दियो अस्पताल र आइसोलेसनलाई स्वास्थ्य सामग्री
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार १५:२८:०
१५ जेठ, काठमाडौं । नेपाल हस्तकला महासंंघले विभिन्न अस्पताल र आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको संक्रमण देखिएपछि महासंघले संक्रमितको उपचारमा सहज पु¥याउने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उपत्यकाका विभिन्न अस्पताल र आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको जानकारी दिए ।
महासंघले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘पाटन अस्पताल’मा स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
यस्तै, महासंघले ललितपुर महानगरपालिका र लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय, ललितपुर महानगरपालिकाका चाकुपाट, च्यासल, नागवहाल र पुल्चोकमा निर्माण गरिएको आइसोलेसन केन्द्रमा समेत स्वास्थ्य सामाग्री सहयोग गरिएको महासंघका निमित्त महानिर्देशक ऋषिराज सुवेदीले बताए ।
महासंघले एक हजार थान फुट कभर, १८० बक्स ग्लोब्स, १० हजार थान सर्जिकल मास्क, २०० थान एन ९५ मास्क, एक हजार थान फेस शिल्ड, १०० थान व्यक्तिगत सुरक्षा उपकरण ‘पीपीई’ र ४० जार स्यानिटाइजर सहयोग गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
सानिमा बैंकको एजीएम आज, ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दै
मंसिर ४, २०८१ मंगलबार
बजार खुल्नासाथ ३ करोड ८० लाखको शेयर कारोबार
मंसिर ४, २०८१ मंगलबार
हङकङमा ४७ प्रजातन्त्र समर्थक कार्यकर्तालाई जेल सजाय
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार