महानगरमा एन्टिजेनद्धारा समुदाय स्थरमा वृहत परीक्षण
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार १६:२९:३०
१५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले शुरु गरेको वृहत एन्टिजेन विधिबाट एकै दिन ९ सय ५७ जनाले कोभिड परीक्षण गरेका छन् । दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण दर बढ्न थालेपछि कामपाले समुदाय स्थरमा वृहत परीक्षण थालेको हो ।
शुक्रबारदेखि गरिएको परीक्षण्मा ३० महिला र ३४ पुरुष गरी ६४ जनामा पोजेटिभ देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले शुक्रबार वडा ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२ गरी १० वटा वडाका तोकिएका केन्द्रमा परीक्षण गरेको थियो ।
परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएकालाई आइसोलेसनका माध्यमबाट समुदायबाट छुट्याउँदै लाने योजनाअनुरुप परीक्षण थालिएको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए । त्यसैगरी आज वडा २, ३, ६ १०, ११, १३, १८, २१, २३ र ३० का तोकिएका केन्द्रमा परीक्षण हुनेछ । आइतबार वडा १, ४, ७, ९, १७, २२, २४, २७, २९ र २६ का तोकिएका केन्द्रबाट परीक्षण हुने छ । सोमबार ३, ४, ६, १०, १४, १६, २०, २५, ३० र ३२ वडा र जेठ १८ गते ७, ९, १३, १५, २६, २९ र ३१ वडामा परीक्षण हुनेछ ।
हरेक दिन १० वडा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना सङ्कलन गरिनेछ । पाँच दिनभित्रमा सबै वडाका जोखिमपूर्ण ठाउँहरुमा परीक्षण गरिसकिने लक्ष्य कामपाको रहेको छ । कोभिडको लक्षण देखिएका, कन्ट्रयाक्ट ट्रेसिङमा परेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षण गर्न लागिएको हो ।
कामपाले परीक्षणको प्रारम्भिक योजना बनाएको छ । जसअनुसार ठूला १५ वटा वडामा प्रति वडा २ वटा केन्द्र राखेर परीक्षण गरिनेछ भने १७ वटा साना वडामा हरेक १÷१ वटा केन्द्र राखिनेछन् । परीक्षणका लागि आवश्यक पर्ने एन्टिजेनका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ट्रम्पको कार्यकाल छल्न चाहनेका लागि क्रुज कम्पनीले ल्यायो चार बर्षे टूर प्याकेज
मंसिर ४, २०८१ मंगलबार
जग्गादानसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र मुसलमानको इजलासको अन्तिममा सूचीमा
मंसिर ४, २०८१ मंगलबार
'तारक मेहता का उल्टा चश्मा' का जेठालाल र निर्माता मोदीबीच झगडा !
मंसिर ४, २०८१ मंगलबार
‘हरिबहादुरको जुत्ता’ मा मुख्य भिलेनको भूमिकामा मुरलीधर
मंसिर ४, २०८१ मंगलबार
हरिणी अमरसूर्या श्रीलंकाको प्रधानमन्त्रीमा पुन नियुक्त
मंसिर ४, २०८१ मंगलबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार