सिछुवानका संस्थाद्वारा नेपाललाई पीपीई र मास्क प्रदान
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार १६:३५:३३
१५ जेठ, काठमाडौं । चीनको सिछुवान प्रान्तका दुई संस्थाले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सो प्रान्तको अन्तर्राष्ट्रिय जनमैत्री संघ तथा छन्तु एआइडिआइ आँखा अस्पतालले एक लाख मास्क र एक हजार पीपीई छन्तुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलाई शुक्रबार हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रमा महावाणिज्यदूत घिमिरेले कोभिड–१९ को महामारीविरुद्ध लड्न सहयोग पुग्ने सामग्री उपलब्ध गराएकामा धन्यवाद दिँदै भर्खर स्थापना भएको नेपाली नियोगले दुबै देशबीचको स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप प्रवद्र्धन गर्ने विश्वास दिलाए । यस्ता सहयोग आदान प्रदान कार्यले दुवै देशबीचको सम्वन्ध जनस्तरमा समेत सुदृढीकरणमा थप योगदान पुग्ने उनको भनाइ थियो ।
अस्पतालकी प्रमुख कार्यकारी अधिकृत चाङ् यौले आँखा उपचारको क्षेत्रमा अस्पतालले नेपालमा कैयौँ परियोजना सञ्चालन गरेको जानकारी दिँदै अनुदानमा दिइएका सामग्री कोरोनाविरुद्धको लडाईँमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा जनमैत्री संघका महासचिव सियाङ छियोङह्वा, वाणिज्यदूत रीचा भट्टराई, छन्तु नगरपालिका स्वास्थ्य परिषद्की शन तान तथा अस्पतालका अन्य पदाधिकारीको सहभागीता रहेको महावाणिज्यदूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु सात प्रहरी अपहरण
मंसिर ४, २०८१ मंगलबार
भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
चुनढुंगा उत्खननमा उद्योगीहरुको बदमासी, मुरारका ४ लाख तिरेर छुटे, अरु अनुसन्धानमा
मंसिर ४, २०८१ मंगलबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार