निषेधाज्ञाको मौका छोपेर म्याद सकिएको बीउ बिक्री
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार १७:४०:५६
१५ जेठ,राँझा । बाँकेमा कृषि बीउबिजन बिक्री केन्द्रबाट खेती लगाउने बेला म्याद सकिएको बीउ बिक्री भएको पाइएको छ । निषेधाज्ञाको मौका छोपेर बीउबिजन बिक्रेताले किसानलाई म्याद नाघेको बीउ बिक्री गर्ने गरेका छन् ।
ग्रामीण क्षेत्रबाट बीउबिजन खरीद गर्न आउने किसानलाई म्याद नाघेको बीउबिजन बिक्री गर्ने गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिए ।
उनका अनुसार खेती लगाउने समयमा व्यापारीले किसानलाई ठग्ने गरेको गुनासो आउन थालेपछि बजार अनुगमनका क्रममा म्याद नाघेको बीउबिजन बिक्री गरेको पाइएको हो । शुक्रबार मात्रै संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्ज उपमहानगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रका विभिन्न कृषि बीउबिजन तथा औषधि पसलको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गर्ने दुई पसललाई रु २५ हजार जरिवाना गरिएको छ । किसानले प्रयोग गर्न नमिल्ने, म्याद सकिएका करीब रु १७ हजारभन्दा बढी मूल्य बराबरको विभिन्न खाद्यान्न एवं तरकारीको बीउबिजन पनि नष्ट गरिएको छ ।
यसअघि पनि बाँकेस्थित संयुक्त बजार अनुगमन टोलीले बिहीबार नेपालगञ्जका विभिन्न कृषि बीउबिजन तथा औषधि पसलको अनुगमन गरी किसानले प्रयोग गर्न नमिल्ने, म्याद सकिएका करीब रु ४४ हजारभन्दा बढी मूल्य बराबरको खाद्यान्न एवं तरकारीको बीउ नष्ट गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी चौलागाइंले बताए ।
उत्पादन मिति नहेर्ने र सोधीखोजी नगर्ने किसानलाई सजिलैसँग व्यापारीले म्याद नाघेको बीउबिजन बिक्री वितरण गर्ने गरेको पाइएको उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष वसन्त गौतमले बताए । उनले स्थानीय तहले बजार अनुगमन नगर्ने र किसानलाई समयमै आवश्यक बीउबिजन वितरण नगर्दा किसान म्याद नाघेको बीउबिजन किन्न बाध्य हुने गरेको सुनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार