अधिक वर्षाले किसान दिक्क
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार २०:६:८
१५ जेठ, महोत्तरी । लगातारको वर्षाले यहाँका किसान वाक्कदिक्क भएका छन् । बिहीबार अबेर साँझदेखि शुरु भएको वर्षा तेस्रो दिन आज पनि नथामिएपछि किसान विरक्त भएका हुन् । खेत गह्रा पानीले डम्म भरिएका छन् ।
भर्खरै एक साताअघिको वर्षापछि राखिएको बर्खे धान र कोदोको ब्याड पानीले डुबाएको छ । अघिल्लो वर्षाले लहलहाएका मकैका बोट बिहीबार साँझ वर्षा शुरु हुनपूर्वको वेगले बहेको हुरीले सोतर बनाएर लडाएको छ । झमझम साउने झरी झैँ पानी परी रहेपछि काममा निस्कन नपाएर किसान छट्पटिएका छन् ।
“एक साताअघि गोडेको मकै हुरीले लडाएर सोतर बनेको छ, हुरीले तरकारीका बेलापात चुँडाएर हुत्यायो, फलेका आँप बग्रेल्ती झा¥यो सहनै परेको छ”, बर्दिबास नगरपालिका–५ गणन्ताका ८० वर्षीय धनबहादुर स्याङ्वा भन्छन्, “रोगको महामारी अहिले नै प्रतिकूल वर्षा अहिले नै १ खै सबै हामीमाथि खनिएजस्तो छ, उठ्न नदिने भयो क्यार ?”
बर्खे धान र कोदो रोप्न ढिलो भइरहेको बेला ब्याड नै डुबेपछि बीउ गल्ने किसानको चिन्ता छ । सबैतिर पानी डम्म भरिएर काट्ने ठाउँ नहुँदा बीउ गल्ने चिन्ता बढेको भङ्गाहा–४ का किसान बहुरा महतो बताउँछन् । “पहिले राखेको ब्याड डुबेर गल्ने भयो, अब राख्दा ढिलो हुन्छ, ल भन्नोस् अब हामीले कसरी गरी खाने ?”, महतोको अजङ्गको प्रश्न छ ।
लगातारको वर्षाले चरन क्षेत्र डुब्दा घरपालुवा जनावरको बिजोग भएको छ । लगातार गोठमा कोचिएर रहेका जनावर भोकले कराउँदा मन भक्कानिने गरेको भङ्गाहा–३ कटैयाका पशुपालक किसान रामराजी यादव बताउँछन् । लगातारको वर्षाले पशुवस्तुको आहारा जोहो गर्न नसक्दा बिजोग हेरेर बस्नु परेको यादवको भनाइ छ ।
वर्षाले ग्रामीण सडक हिलाम्य भएका छन् । कैयौँ ठाउँमा बस्ती डुब्न नदिन सडक काटेर पानी बगाउनु परेको छ । सडक निर्माणताका नै पानीको निकास प्रबन्ध नगरिँदा अहिले सडकको दुरावस्था भएको ग्रामीण सर्वसाधारण बताउँछन् । कोभिड–१९ महाव्याधि छल्न गत वैशाख २२ गते जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको अवधि बढाएर यही जेठ २० गतेसम्म पु¥याइएको छ । व्याधिको प्रकोप झेलिरहेका सर्वसाधारण अहिलेको प्रतिकूल वर्षाले खेतीपाती गर्न नदिएपछि अबको गुजारा कसरी चलाउने भन्नेमा रनभुल्ल परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
उपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार