सरकारी गाडीमा काठ तस्करी प्रकरण: “सानालाई ऐन, ठुलालाई चैन”
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार २१:१७:९
![](https://nepalbahas.prixacdn.net/media/albums/Geetpur-bara_3SsAD0YugN.jpg)
•मुर्तुजा मिया तेली
१५ जेठ, बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले जेठ २ गते बिहान कोभिड संक्रमण बढेको कारण उपमहानगरपालिकाको दमकल, एम्बुलेन्स र फोहोरमैला ढुवानीका सवारी मात्र संचालन गरी अन्य सवारी नचलाउने निर्णय गरेको मसी सुक्न नपाउँदै तस्करीमा सोही पालिका कै टिपर प्रयोग भएको छ ।
ना.१ ग. ७६२ नम्बरको सरकारी गाडीमा काठ तस्करी हुँदै गर्दा जेठ २ गते राती सशस्त्र प्रहरी बलको रिजर्भ नं. ४० गण पिलुवा बाराले १३ थान सालको अबैध चिरान काठ र ट्रिपर पक्राउ गरी डिभिजन वन कार्यालय बारालाई आवश्यक कार्वाहीको लागी बुझाएकोमा कार्वाही प्रकृया फितलो बनाउनको लागि उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत चेतकुमार पोखरेल र १६ नं. वडाका वडाध्यक्ष केदारनाथ बजगाँईले ठुलो आर्थिक चलखेल गरिरहेको समाचार प्राप्त भएको छ ।
डिभिजन वन कार्यालय बाराले जेठ ५ गते नै चलानी नं. १७४० बाट उपमहानगरपालिकाका कर्मचारीहरुलाई उपस्थित गराईदिन पत्र काटेको भए पनि ती कर्मचारीहरुलाई उपस्थित नगराउनुको साथै वनले मुद्धा पेश गरेपछि अदालत हाजिर भई बयान मिलान गराउने जिम्मा समेत लिएका पोखरेल र बजगाँइले पक्राउ परेका चालक सुनिलको घरपरिवारलाई समेत सम्पुर्ण मुद्धामा लाग्ने खर्च हामीले दिनेछौं र हिरासत बसी हाम्रो नाम बयानमा उल्लेख नगराउनु भनी मोटो रकम पेश्की स्वरुप बुझाएको स्रोतको दावी रहेको छ ।
कोरोना पोजेटिभ पश्चात काठमाण्डौंमा नै उपचार गरी बसेका कार्यकारी पोखरेलले यसअघि पनि वडा नं. १६ टांगिया बस्तीबाट वडाध्यक्ष बजगाँई कै मिलोमतोमा तस्करीको काठलाई बारा र पर्साका विभिन्न फर्निचर उद्योग तथा काठ मिलहरुबाट नक्कली बिल बनाई नगरपालिकाकै ना. १ ग. ७३३ नम्बरको मिनि टि«परबाट काठमाडौंको जडिबुटी पेप्सीकोला आसपासमा बन्दै गरेको घरमा पुर्याएको बताईन्छ ।
जीतपुर सिमरा उपमहानगरपालिकाको ५४ औं बैठकको कारवाही गर्ने गराउने माइन्यूट:
सर्लाही निवासी कार्यकारी पोखरेलले प्रदेश सरकारका मुख्यमन्त्री र वनमन्त्रीलाई समेत यो काठ तस्करी काण्ड मिलाईदिनको लागि स्थानिय जनता समाजवादीका नेता र आफ्नै उपमहानगरका केही वडाध्यक्षमार्फत डिभिजन वन कार्यालयलाई दवाब दिनको लागि प्रयोग गरिरहेको स्रोतको दावी छ । संघियता कार्यान्वयन सँगै डिभिजन वन कार्यालय प्रदेश सरकार मातहत रहेकाले उनले न्वारानदेखिको बल लगाएर तस्करी काण्ड गुपचुप बनाउन ठुलै चलखेल गरेको नगरपालिकाका एक कर्मचारीले नेपालबहसलाई बताए ।
विभिन्न संचारमाध्यममा प्रमाणसहित समाचारहरु प्रकाशन तथा प्रसारण भएसँगै स्थानिय र विपक्षी राजनीतिक दलहरुको दवाबपछि उपमहानगरपालिकाका मेयर डा. कृष्णप्रसाद पौडेलको अध्यक्षतामा २०७८ जेठ ७ गते नगरकार्यपालिकाको ५४ औं बैठक राखी काठ तस्करीमा संलग्न भएका कार्यकारी प्रमुख चेतकुमार पोखरेल, वडा नं. १६ का वडाध्यक्ष केदारनाथ बजगाँई, चालक कर्मचारीहरु क्रमशः सुपरभाइजर बिर्जु लामा, ड्राइभरहरु बच्चा सिंह दनुवार, अब्बास अंसारी र सुनिल राय चौधरीलाई स्पष्टिकरण सोधी कार्वाही प्रकृया अगाडी बढाउने निर्णय समेत गरेको छ ।
जीतपुर सिमरा उपमहानगरपालिकाको निर्णयहरु:
काठ पक्राउपछि उपमहानगरपालिकामा नफर्कने भन्दै काठमाडौंमा नै घुर्की लगाएर बसेका पोखरेललाई उपमेयर सरस्वती चौधरीले आफ्नो निजी चालक र गाडी पठाई कार्यालय झिकाएकोमा पोखरेलले सोमबारबाट हाजिरी समेत गरी काम गरिरहेका छन । नगरबासीले कुनैपनि समयमा कालोमोसो दल्न सक्ने सुचना पाएका पोखरेल सुरक्षा घेराका बीच काम गरिरहेको स्वंम नगरकै कर्मचारीहरु बताउँछन ।
विश्वस्त स्रोतका अनुसार गत आ.व.को अन्तमा जनप्रतिनिधि र पुर्व कार्यकारी अधिकृतहरुको भ्रष्टाचार रकममा कुरा नमिलेपछि कार्यालयमा कार्यकारी प्रमुख नहुदाँ धेरै उपभोक्ता समितिमार्फत सम्पन्न भएको कामको रकम समयमा निकासा नहुदाँ ठुलै आर्थिक झमेला भएको स्मरण गराउँदै कार्यपालिका बैठकमा वर्तमान कार्यकारी प्रमुख पोखरेललाई वन मुद्धामा कार्वाही भएमा पुनः यो बर्ष पनि आर्थिक झमेला हुनसक्ने भन्दै नगरका केही भ्रष्ट वडाध्यक्ष र कर्मचारीहरु समेत काठ काण्ड बचाउँमा लागिपरेको र यसमा पोखरेलले उनीहरुलाई ठुलै आर्थिक प्रलोभन देखाएको स्रोतको दावी छ ।
यस अबैध काठ तस्करी घटनालाई डिभिजन वन कार्यालयले छुट्टै अनुसन्धान अधिकृतको टीम बनाई अनुसन्धान प्रक्रिया अगाडी बढाएपनि उपमहानगरपालिकाले आरोपित कर्मचारीहरुलाई उपस्थित नगराई असहयोग गरेको र घटनालाई कमजोर बनाउनको लागी विभिन्न खाले दवाब सिर्जना गराईएको भएतापनि हालसम्म इमान्दार र उच्च मनोबलका साथ कार्यकाल सफल बनाएका डिभिजन प्रमुख मन्जुर अहमदप्रति नागरिक समाजको विश्वास कायम रहेको नागरिक अगुवा मुकेश चौधरीले बताएका छन ।
साना माछालाई मात्र फसाएर ठूलो माछालाई उम्काउने प्रयास गरिए नेपालबहससँग यस घटनामा सम्बन्धित धेरै अडियो रेर्कड र भिडियो सुरक्षित रहेको छ ।
र याे पनि…..
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
गृहसचिव जानुपर्ने बिमस्टेक बैठकमा सुरक्षा सल्लाहकार वैरागीको चासो, प्रस्ताव मन्त्रिपरिषदमा !
असार १४, २०८१ शुक्रबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
मनसुनी वायुको प्रभाव : देशका विभिन्न ठाउँमा वर्षा, यी स्थानमा ठूलो पानी पर्ने
असार १५, २०८१ शनिबार
टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रिका भिड्दै
असार १५, २०८१ शनिबार
कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद : राष्ट्रपति
असार १५, २०८१ शनिबार
आज असार १५ : राष्ट्रिय धान दिवस तथा दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
असार १५, २०८१ शनिबार
वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन आग्रह
असार १४, २०८१ शुक्रबार
लागुदार्थ सेवन गर्ने सवारी चालक कारबाहीमा
असार १४, २०८१ शुक्रबार